सातामा १ अर्ब ६४ करोडको सेयर सूचीकृत

गत साता बिहीबार १२४७.३ अङ्कमा रहेको नेप्से परिसूचक यो बिहीबार आइपुग्दा १२१८.४६ अङ्कमा रोकिएको छ । खासगरी ३ दिन बजार घटेर २ दिन बजार बढ्दा समग्रमा २८.८४ अङ्कको गिरावट देखिएको हो । नेप्सेका अनुसार आइतबार १४.०७ अङ्कले घटेको बजार सोमबार १.९२ अङ्कको सुधार देखियो । फेरि मङ्गलबार ८.९७ अङ्क र बुधबार ८.४५ अङ्कले घटेको बजारमा बिहीबार ०.६२ अङ्कको झिनो सुधार देखिएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सातामा ७ कम्पनीको १ अर्ब ६४ करोड ४ लाख ४६ हजार ८ सय ८० रुपैयाँबराबरको १ करोड ६४ लाख ४ ४ सय ६८ कित्ता बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ । त्यसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्थाको ३ लाख ९७ हजार ८ सय कित्ता बोनस सेयर हो भने अन्य ६ कम्पनीको भने हकप्रद सेयर हो ।

सूचीकृत सेयरध्ये सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ४० करोड २७ लाख ९६ हजार ६ सय रुपैयाँबराबरको ४० लाख २७ हजार ९ सय ६६ कित्ता छ । त्यसैगरी नेको इन्स्योरेन्सको ३९ लाख २० हजार ९ सय २८, कामना सेवा विकास बैङ्कको ३० लाख ९४ हजार १ सय ५५, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २२ लाख ८१ हजार ३ सय १३, सेन्ट्रल फाइनान्सको २१ लाख ४७ हजार ५ र सिन्धु विकास बैङ्कको ५ लाख ३५ हजार ३ सय १ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

नेपाल राष्ट्र बैङ्कले २ वर्षअघि बैङ्क तथा वित्तीय संस्थाको चुक्ता पुँजी न्यूनतम ४ गुणासम्म बढाएपछि उनीहरुले हकप्रद र बोनस सेयरमार्फत पुँजी बढाइरहेकाले गत वर्षदेखि हकप्रद र बोनस सेयर चाप परेको छ र यो अझै पनि कायम छ । त्यसैगरी बिमा समितिले पनि जीवन बिमा कम्पनीको २ अर्ब र निर्जीवन बिमा कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने निर्देशन दिएपछि बिमा कम्पनीहरु पनि हकप्रद तथा बोनसमार्फत पुँजी पु¥याउन लागिपरेका छन् । त्यसले गर्दा बजारमा सेयरको आपूर्ति बढ्न जाँदा त्यसले समग्र सूचक प्रभावित भइरहेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि घटेको छ भने कारोबार रकममा पनि गिरावट देखिन थालेको छ ।

गत साता बिहीबार १२४७.३ अङ्कमा रहेको नेप्से परिसूचक यो बिहीबार आइपुग्दा १२१८.४६ अङ्कमा रोकिएको छ । खासगरी ३ दिन बजार घटेर २ दिन बजार बढ्दा समग्रमा २८.८४ अङ्कको गिरावट देखिएको हो । नेप्सेका अनुसार आइतबार १४.०७ अङ्कले घटेको बजार सोमबार १.९२ अङ्कको सुधार देखियो । फेरि मङ्गलबार ८.९७ अङ्क र बुधबार ८.४५ अङ्कले घटेको बजारमा बिहीबार ०.६२ अङ्कको झिनो सुधार देखिएको थियो ।
यो साता पाँचै दिन सेयर कारोबार भएको छ । यो साता नेप्सेमा १ सय ९० कम्पनीको १७ हजार २ सय २८ कारोबारबाट ४९ लाख ६१ हजार एक सय १० कित्ता सेयर खरिदबिक्री भई १ अर्ब १२ करोड ३१ लाख एक हजार रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम गत साताको तुलनामा ३४.७२ प्रतिशतले कम हो । गत साता १ सय ८६ कम्पनीको २३ हजार ३ सय ६८ कारोबारबाट ४८ लाख ६८ हजार ७० कित्ता सेयर खरिदबिक्री भई १ अर्ब ७२ करोड ५ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

यो साता सबैभन्दा बढी नेपाल बैङ्कको भएको छ । असार १५ देखि अङ्कित मूल्यमा १ सय ८० रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २ सय ८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता थप प्राथमिक निस्कासन (एफपीओ) बिक्रीको घोषणा गरेको नेपाल बैङ्कको सेयर दोस्रो बजारमा पनि लगानीकर्ता केन्द्रित भएका छन् । यो साता नेपाल बैङ्कको ७ करोड ३३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । उसको बिहीबार अन्तिम कारोबार प्रतिकित्ता २ सय ९८ रुपैयाँमा भएको छ । त्यसपछि मेगा बैङ्कको ४ करोड ७४ लाख, एनएमबी बैङ्क ४ करोड ६६ लाख, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ६१ लाख र उन्नति लघुवित्त वित्तीय संस्थाको ३ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । बढी रकमको कारोबार हुने एनएमबीको पनि एफपीओ बिक्रीमा छ । एनएमबीले २ सय ३३ रुपैयाँ थप प्रिमियमसहित प्रतिकित्ता ३ सय ३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर बिक्रीमा छ ।

तर, अहिलेसम्म करिब ६० प्रतिशत मात्रै बिक्री भएको छ । एनएमबीको बिहीबार प्रतिकित्ता ३ सय ४९ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी बढी सेयर कारोबार हुनेमा मेगा बैङ्कको २ लाख ६९ हजार कित्ता छ भने १ हजार ३ सय ९६ ओटा कारोबार गरेर उन्नति लघुवित्त वित्तीय संस्था बढी कारोबार गर्ने संस्थामा दर्ज भएको छ ।