आइतबार १ सय ६७ कम्पनीको ७ लाख ५० हजार ९ सय २६ कित्ता सेयर खरिदबिक्री भई २० करोड ९३ लाख ८५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम गत साताको औसत कारोबार रकमभन्दा कम हो । गत साता औसतमा २२ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । गत बिहीबार पनि १९ करोड ६६ लाख रुपैयाँबराबरको मात्रै सेयर किनबेच भएको थियो ।
कारोबार रकम पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो दिन आइतबार (आज) सामान्य वृद्धि भएको छ । गत बिहीबार ०.६२ अङ्कको झिनो सुधार देखिएर १२१८.४६ अङ्कमा रोकिएको नेप्से कारोबार सुरु हुनेबित्तिकै सामान्य घट्न खोजेको परिसूचक ४० मिनेट कारोबार हुँदा १२१६.२६ अङ्कमा झरेर त्यसपछि बढ्न सुरु गरेको हो ।
दिउँसो १ बजेर ५० मिनेट जाँदा नेप्से परिसूचक १२२७.४५ अङ्कसम्म चढे पनि त्यसपछि भने ओरालो झर्दै अन्तिम समयमा १.३५ अङ्कको वृद्धि कायम राख्न सफल भयो र सूचक १२१९.८१ अङ्कमा रोकियो ।
खासगरी नेप्सेमा वर्गीकृत १० उपसूचकमध्ये ५ उपसूचक बढेपछि नेप्से पनि सामान्य रूपमा बढेको हो । व्यापार समूहको कारोबार नभएको नेप्सेमा ४ समूह सूचक भने ओरालो लागेका छन् । आइतबार बैङ्किङ १.८९, विकास बैङ्क २.२८, वित्त कम्पनी ३.४५, विमा २२.९२, उत्पादनमूलक तथा प्रशोधन १२.०२ अङ्कले उकालो चढेका हुन् । त्यसैगरी होटल २.१२, जलविद्युत् ७.३७, अन्य २.६, लघुवित्त २.४ अङ्कले ओरालो लागेका छन् ।
गत बिहीबारको तुलनामा सूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम
आइतबार १ सय ६७ कम्पनीको ७ लाख ५० हजार ९ सय २६ कित्ता सेयर खरिदबिक्री भई २० करोड ९३ लाख ८५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम गत साताको औसत कारोबार रकमभन्दा कम हो । गत साता औसतमा २२ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । गत बिहीबार पनि १९ करोड ६६ लाख रुपैयाँबराबरको मात्रै सेयर किनबेच भएको थियो ।
यस दिन सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर २ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने ओम डेभलपमेन्ट बैङ्कको १ करोड १४ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार अरु कुनै पनि कम्पनीको कारोबार रकम करोड पुग्न सकेन । आइतबार सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्सको सेयर मूल्य करिब सात प्रतिशतले बढेको छ भने नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य करिब १० प्रतिशतले नै घटेको छ ।