एकाएक नेप्सेमा साढे ४ अङ्कको सुधार, तर कारोबार रकम न्यून

नेप्से एकाएक बढेर १५०५.३६ अङ्कमा चढेर फेरि झरेको बजार कारोबार बन्द हुँदा ४.६२ अङ्कले बढेर ११९९.४२ अङ्कमा रोकिएको छ । कारोबार सुरु हुँदा सुरुमा बढ्ने सङ्केत गरेको बजार केही समयपछि नै ओरालो लागेर ११९१.०८ अङ्कसम्म झरेपनि त्यसपछि भने उकालो चढ्ने सङ्केत गरेको थियो ।

दुई दिन लगातार घटेर ११९४.२९ अङ्कमा पुगेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बुधबार मध्यान्तरपछि एकाएक बढेको छ । नेप्से एकाएक बढेर १५०५.३६ अङ्कमा चढेर फेरि झरेको बजार कारोबार बन्द हुँदा ४.६२ अङ्कले बढेर ११९९.४२ अङ्कमा रोकिएको छ । कारोबार सुरु हुँदा सुरुमा बढ्ने सङ्केत गरेको बजार केही समयपछि नै ओरालो लागेर ११९१.०८ अङ्कसम्म झरेपनि त्यसपछि भने उकालो चढ्ने सङ्केत गरेको थियो ।

नेप्से सूचक बढेपनि कारोबार रकम भने न्यून देखिएको छ । बुधबार २ हजार ८ सय ४३ कारोबारबाट ५ लाख ८३ हजार ७ सय ३२ कित्ता सेयर खरिद बिक्री भई १७ करोड ३० लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको हो । बुधबार कुनै पनि कम्पनीको सेयर कारोबार १ करोड रुपैयाँ नपुगेपछि कारोबार रकम घटेको हो । मङ्गलबार नेप्से सूचक घटेपनि कारोबार रकम बढेको थियो । मङ्गलबार २३ करोड १० लाख ३ हजार रुपैयाँबराबरको कारोबार भएको थियो, त्यसअघि सोमबार कुनै पनि कम्पनीको कारोबार रकम एक करोड नकट्दा कारोबार रकम १८ करोड ५१ लाख ७० हजार रुपैयाँमा सीमित भएको थियो । बुधबार नेको इन्स्योरेन्सको सबैभन्दा बढी ९२ लाख ६३ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बुधबार नेप्सेमा वर्गीकृत १० मध्ये ९ समूह सूचकको कारोबार भएको ५ ओटा उपसूचकमा सुधार भएपछि नेप्सेमा सुधार आएको थियो । व्यापार समूहको कुनै कारोबार नभएको यसदिन सबैभन्दा बढी होटल समूह २०.६७ अङ्कले बढेको छ भने विकास बैङ्क ११.९४, बैङ्किङ ५.७५, अन्य समूह ४.१८ र वित्त समूह सूचक ०.२१ अङ्कले बढेको छ । त्यसैगरी यसदिन जलविद्युत् ४.४७, बिमा ४.५८, उत्पादनमूलक तथा प्रशोधन १९.८८ र लघुवित्त २७.७३ अङ्कले झरेको छ ।