अायो निगमकाे पहिलो वाइडबडी ए३३० विमान

निगमले दुईटा विमान खरिदका लागि हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग सम्झौता गरेको थियो । त्यसमध्ये आज पहिलो विमान आइ पुगेको हो । दोस्रो वाइडबडी विमान पनि चाँडै ल्याइने निमगले जनाएको छ ।

नेपाल वायु सेवा निगमले इतिहासमै पहिलो पटक वाईडबडी ए३३० विमान खरिद गरेको छ । निगमले दुईटा विमान खरिदका लागि हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग सम्झौता गरेको थियो । त्यसमध्ये आज पहिलो विमान आइ पुगेको हो । दोस्रो वाइडबडी विमान पनि चाँडै ल्याइने निमगले जनाएको छ ।

नयाँ विमानमा १६ ओटा बिजनेस श्रेणीका सहित २ सय ७४ सिट छन् । यो विमानले अहिले निगमले उडान भरिरहेको काठमाडौं–दोहा–काठमाडौं सेक्टरमा उडान भर्नेछ । तीन महिनापछि मात्रै नयाँ रुटमा उडाउने निगमको योजना छ।

नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले असार दोस्रो हस्ता नयाँ जहाज नेपाल आइपुग्ने जनाएका थिए । उनले केही साताअघि दुई ओटै जहाजमा रङ लगाउने काम चलिरहेको जानकारी दिएका थिए ।