आज देव विकास बैङ्क लिमिटेडका ६५ लाख ३३ हजार १ सय ८।५९ कित्ता, मञ्जुश्री फाइनान्स लिमिटेडका तीन लाख ६२ हजार १ सय ९० कित्ता तथा सूर्योदय लघुवित्त वित्तीय संस्थाका दुई लाख ८० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार पाँच कम्पनीका एक अर्ब १० करोड ७७ लाख रुपैयाँ बराबरका एक करोड १० लाख ७७ हजार कित्ता बोनस तथा हकप्रद सेयर सूचीकृत भएका छन् । त्यसमध्ये तीन कम्पनीका हकप्रद सेयर र दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका हुन् । नेप्सेमा यसदिन ७१ लाख ७५ हजार २ सय ९८.५९ कित्ता हकप्रद तथा ३९ लाख १८ हजार ७३ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् ।
नेप्सेका अनुसार आज देव विकास बैङ्क लिमिटेडका ६५ लाख ३३ हजार १ सय ८।५९ कित्ता, मञ्जुश्री फाइनान्स लिमिटेडका तीन लाख ६२ हजार १ सय ९० कित्ता तथा सूर्योदय लघुवित्त वित्तीय संस्थाका दुई लाख ८० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।
यस्तै ओम डेभलपमेन्ट बैङ्कका ३७ लाख ८१ हजार ७३ कित्ता र कर्णाली डेभलपमेन्ट बैङ्कका एक लाख २० हजार ८ सय कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।