नेपाल–भारत पर्यटन सर्किट

डिसेम्बरमा कोलकातामा हिमालयन ओरेन्ज टुरिजम फेस्टिभल हुनेछ, जहाँ दुवै छिमेकी सीमामा भएका गन्तव्यमाथि प्रकाश पारिने छ । साथै, अन्य छिमेकी देशका पर्यटकीय स्थलहरुको संयुक्त प्रचार प्रसारका लागि तिनीहरुलाई यस समूहमा आबद्ध गर्न एउटा बैठक पूर्वी नेपालमा गरिनेछ ।

नेपाल तथा भारतको उत्तरी बङ्गालका पर्यटन व्यवसायीहरुले दुवै क्षेत्रलाई एउटा एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्ने निर्णय गरेका छन् ।
कोलकातास्थित नेपाल वाणिज्य दूतावास तथा मिरिकस्थित एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजम (एसीटी) द्वारा गत शुक्रबार आयोजित तेस्रो नेपाल–भारत मैत्री गोष्ठीमा सो निर्णय गरिएको हो ।

‘जस्तो कि उत्तरी बङगाल र पूर्वी नेपालको भूबनोट एकैनासका छन्, हामी दुवै क्षेत्रको पर्यटन उद्योग विकसित गर्न चाहन्छौं । यस क्षेत्रमा एउटा एकीकृत सर्किटका रूपमा अघि लैजाने संयुक्त प्रयासले यसको विकासमा मद्दत गर्न सक्छ,’ एसीटीका प्रतिनिधि राज बसुले भने ।

सरकारी निकाय, एजेन्सी तथा बोर्डद्वारा त्यहाँका सडकको स्तरोन्नति र नेपालका होम–स्टेहरुको संयुक्त प्रचार प्रसार अभियानका लागि सीमाका दुवैतिर बस्ने सरोकारवालाहरुको एउटा टोलीले आ–आफ्ना सरकारसँग सम्पर्क गर्ने सो बैठकमा निर्णय लिइएको छ ।

उत्तरी बङगाल र नेपालका पर्यटन गन्तव्यको संयुक्त अभियानको औपचारिक उद्घाटन आगामी डिसेम्बरमा कोलकातामा गरिने निर्णय पनि बैठकले गरेको छ ।

‘यो निकटतम मेट्रो हो, जसले हरेक वर्ष ठूलो सङ्ख्यामा पर्यटक उत्पादन गर्छ । डिसेम्बरमा कोलकातामा हिमालयन ओरेन्ज टुरिजम फेस्टिभल हुनेछ, जहाँ दुवै छिमेकी सीमामा भएका गन्तव्यमाथि प्रकाश पारिने छ । साथै, अन्य छिमेकी देशका पर्यटकीय स्थलहरुको संयुक्त प्रचार प्रसारका लागि तिनीहरुलाई यस समूहमा आबद्ध गर्न एउटा बैठक पूर्वी नेपालमा गरिनेछ । यो अवधारणाले पर्यटकलाई फराकिलो आधार प्रदान गर्नु हो जसले उनीहरुले धेरैभन्दा धेरै विकल्प प्राप्त कर सकून् र विशेषगरी ग्रामीण क्षेत्रका सरोकारवालाहरुलाई आर्थिक सशक्तीकरणमा मद्दत गर्न सकून्,’ अनुभवी पर्यटन व्यवसायी सम्राट सन्यालले भने ।

विगत केही वर्षदेखि उत्तरी बङ्गाल र नेपालका आसपासका क्षेत्रका पर्यटन व्यवसायीले संयुक्त पर्यटक सर्किट बनाउन जोड दिइरहेका छन् ।
‘हामी यी बैठकका माध्यमले केही कदम अघि बढ्न सक्छौं । नयाँ गन्तव्यका लागि अभियान योजनासँगै हामी प्रकृति र वन्यजन्तु संरक्षणमा ध्यान केन्द्रित गर्न चाहन्छौं । यस क्षेत्रमा हात्ती, रातो पान्डा तथा सेलामेन्डर संरक्षणका लागि काम गर्न आवश्यक छ । पूर्वी नेपालमा एउटा हात्ती संरक्षण क्षेत्र बन्नुपर्छ, किनकि उत्तरी बङ्गालको हात्ती विचरणमार्ग नेपाल–भारत सीमामा समाप्त हुन्छ, यसका लागि हामी नेपाल सरकारसँग सम्पर्क गर्नेछौं,’ बसुले भने ।

सिक्किमको कञ्चन्जङ्घा राष्ट्रिय निकुञ्जलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा राखेको औंल्याउँदै बसुले भने, ‘पूर्वी नेपाल र बङ्गालका हिमाली क्षेत्रका सीमावर्ती संयुक्त क्षेत्रको दायरा बढाउन जरूरी छ ।’

दुवै देशका पर्यटकले निकटवर्ती पर्यटकीय स्थलबारे जानकारी प्राप्त गर्न सकून् भनेर नेपाल–भारत सीमा नजिकै अवस्थित मिरिकमा पर्यटन सूचना केन्द्र खोल्न सरोकारवालाहरुले दबाब दिने बताएका छन् ।

दि टेलिग्राफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित अविजित सिन्हाको लेखको अनौपचारिक अनुवाद ।