अधिकांश समूहमा गिरावट आएको सोमबार होटल समूहमा २ दशमलव २३ अङ्क र विकास बैङ्क समूहमा ३ दशमलव ७५ अङ्कले सुधार देखिएको छ । यस्तै सबैभन्दा बढी बिमा समूहमा २१ दशमलव ४४ अङ्क र जलविद्युत् समूहमा १३ दशमलव ५९ अङ्कले गिरावट आएको छ ।
केही दिनयता घटबढ भइरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको दोस्रो दिन सोमबार एकल अङ्कले घटेको छ । १ हजार १ सय ८४ दशमलव ५३ अङ्कबाट सुरु भएको नेप्से ४ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ७९ दशमलव ७१ अङ्क कायम भएको छ ।
कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से करिब १० अङ्कले घटेपछि बढ्न थालेको थियो । तर दुई अङ्क वृद्धि नहुँदै बजार फेरि ओरालो लाग्यो र ४ दशमलव ८२ अङ्कले घटेर कारोबार बन्द भयो । सोमबार एकल अङ्कले घटेको सेयर बजारमा ३ हजार २ सय १८ कारोबारबाट ६ लाख ७२ हजार १ सय ३ कित्ता सेयर खरिदबिक्री भई २० करोड ४५ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा वर्गीकृत १० समूहमध्ये ८ समूहमा गिरावट आएको छ भने दुई समूहमा सामान्य सुधार देखिएको छ ।
आइतबार १४ दशमलव १ अङ्कले नेप्से घटेको थियो । आइतबार नेप्सेमा तीन हजार ६ सय ८३ कारोबारबाट ६ लाख १९ हजार ७ सय ४१ कित्ता सेयर किनबेच भई १९ करोड ७२ लाख ६२ हजार रुपैयाँको कारोबार भएको थियो ।
अधिकांश समूहमा गिरावट आएको सोमबार होटल समूहमा २ दशमलव २३ अङ्क र विकास बैङ्क समूहमा ३ दशमलव ७५ अङ्कले सुधार देखिएको छ । यस्तै सबैभन्दा बढी बिमा समूहमा २१ दशमलव ४४ अङ्क र जलविद्युत् समूहमा १३ दशमलव ५९ अङ्कले गिरावट आएको छ ।
साथै बैङ्किङ, लघुवित्त, उत्पादनमूलक, फाइनान्स र अन्य समूहमा सामान्य गिरावट आएको छ । नेप्सेमा सामान्य गिरावट आएको दिन आज सबैभन्दा बढी उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा रैराङ हाइड्रोपावरका लगानीकर्ता छन् ।