आयल निगमको पाक्षिक घाटा ३ करोड ६२ लाख

पछिल्ला केही दिनहरुमा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य वढीसकेको स्थिति रहे पनि १५ दिन पछि अर्को नयाँ मूल्य प्राप्त नहुन्जेल सम्पूर्ण पेट्रोलियम पदार्थहरुको साविककै डिपो तथा खुद्रा विक्री मूल्यलाई निरन्तरता दिने जनाएको छ ।

विद्यार्थीहरुको चर्को दवाव पछि बढेको मुल्य घटाएको नेपाल आय निगमले पाक्षिक घाटा ३ करोड ६२ लाख रहेको जनाएको छ । निगमले आज एक विज्ञप्ती जारी गर्दै अन्तराष्ट्रिय बजार भाउँ अनुसार नेपालले पेट्रोलियम पदार्थ विक्रि गर्न नसक्दा घाटा भएको बताएको छ ।

साविकै विक्री मूल्य र नयाँ खरिद मूल्य वमोजिम पेट्रोल प्रति लिटर १ रुपैया ६७ पैसा नाफा छ भने डिजेलमा प्रति लिटर रु ०.६७ र एल.पी ग्यांसमा खरिद लागत प्रति सिलिण्डर भण्डै ९५ रुप्रया बढेर आएकोले प्रति सिलिण्डर रु २३३ रुपैया ९० पैसा घाटा रहेको निगमको भनाइ छ । पेट्रोल,मट्टितेल र हवार्य इन्धनको नाफा मिलान गर्दा पनि पाक्षिक करौडौ घाटा हुने गरेको निगमका प्रवत्ता विरेन्द्र गोइतले जानकारी दिए ।

पछिल्ला केही दिनहरुमा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य वढीसकेको स्थिति रहे पनि १५ दिन पछि अर्को नयाँ मूल्य प्राप्त नहुन्जेल सम्पूर्ण पेट्रोलियम पदार्थहरुको साविककै डिपो तथा खुद्रा विक्री मूल्यलाई निरन्तरता दिने जनाएको छ ।

हाल नेपालको बीरगंज र भारतको रक्सौल सिमा क्षेत्रमा पेट्रोल प्रति लिटर रु २१ रुपैया ६१ पैसा र डिजेल प्रति लिटर रु २४ रुपैया १९ पैसाले अझै नेपाल तर्फ सस्तो रहेको हुंदा आपूर्ति व्यवस्थाका चुनौतीहरु यथावतै रहेको वताइएको छ ।

निगमले स्थापित स्वतःसंचालित पेट्रोलियम मूल्य संरचना बमोजिम निगमले पेट्रोल,डिजेल र मट्टितेलको प्रत्येक १५÷१५ दिनमा मूल्य घटबढ वा यथावत रहने गरी कार्य गरी रहेको जनाएको छ । हवाई इन्धन र एल.पि.ग्याँसको हकमा प्रत्येक अंग्रजी महिनामा प्राप्त नयाँ अन्तर्राष्ट्रिय वजार मूल्य मुताविक विश्लेषण गरी संचालक समितिको निर्देशन वमोजिम निगम व्यवस्थापनले उपयुक्त निर्णय लिदै आएको बताइएको छ ।