मानसरोवरमा पर्यटक बिरामी, उद्धारका लागि जहाज पठाइयो

माउन्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिल ओलीले केही दिनदेखि परेको वर्षातका कारण हेलिकप्टरले उडान भर्न नसक्दा बिरामीको उद्धार गर्न समस्या भएको बताए । ‘आज मौसम केही खुलेकाले नेपालगञ्जबाट सीता एयरका दुई ओटा जहाज सिमीकोट गएका छन्,’ महाप्रबन्धक ओलीले भने, ‘आज उनीहरुको उद्धार हुन्छ ।’

मानसरोवर यात्राका लागि गएका केही पर्यटक बिरामी पर्न थालेका छन् । अक्सिजनको कमीका कारण केही दिनदेखि पर्यटकहरु बिरामी पर्न थालेपनि मौसम अनुकूल नभएका कारण उनीहरुको उद्धार हुन सकेको छैन ।

माउन्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिल ओलीले केही दिनदेखि परेको वर्षातका कारण हेलिकप्टरले उडान भर्न नसक्दा बिरामीको उद्धार गर्न समस्या भएको बताए । ‘आज मौसम केही खुलेकाले नेपालगञ्जबाट सीता एयरका दुई ओटा जहाज सिमीकोट गएका छन्,’ महाप्रबन्धक ओलीले भने, ‘आज उनीहरुको उद्धार हुन्छ ।’

मानसरोवर यात्राका लागि गएका सयौं पर्यटकहरु वर्षात भएपछि हिल्सा, सिमीकोट र तिब्बतको टाक्लाकोटमा रहेका होटलमा बसिरहेको जानकारी दिए । मानसरोवरमा फुलमुनको समयमा धेरै पर्यटहरु जाने भएकाले यो पटक धेरै भिड भएको बताए । मौसम सफा नभएर दुई दिनसम्म हवाई उडान नहुँदा यात्रुलाई मर्का परेको उनको भनाइ छ । पर्यटकलाई अहिले ट्राभल एजेन्सीहरुले विभिन्न होटलमा राखिरहेका छन् ।

यता भारतीय राजदूतावासले विज्ञप्ति जारी गरी पाँच सय २५ तीर्थयात्री सिमीकोट र पाँच सय ५० हिल्सामा रोकिएको जानकारी दिएको छ । उनीहरुका लागि खाद्यान्न र बस्ने व्यवस्थाका लागि आफ्ना प्रतिनिधि त्यसतर्फ लागेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नयाँ दिल्लीबाट प्रकाशन हुने नवभारतटाइक्सको अनलाइनमा प्रकाशित समाचार अनुसार एक हजार पाँच सयभन्दा बढी भारतीय यात्री अलपत्र परेका छन् । तीमध्ये पाँच सय २५ सिमीकोटमा, पाँच सय ५० हिल्सामा र तिब्बततर्फ पाँच सय छन् ।

याे पनि हेर्नुहाेस्

पर्यटक उद्धारमा ठगीः छानबिन समितिले काट्यो १४ ट्राभललाई पत्र

पर्यटक उद्धारमा ठगीः हेल्थ सेन्टरमा एक रात बसेको ३० हजारदेखि डेढलाखसम्म

उजुरी परेका ट्राभल एजेन्सीलाई जोगाउन टानको विज्ञप्ति

विदेशी पर्यटकलाई उद्धारका नाममा ठगी गर्ने कम्पनीमाथि छानबिन सुरु