रिडीले बुटवलमा निर्माण गर्न लागेको ८ दशमलव ५ मेगावाट क्षमताको सोलार आयोजना निर्माणका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको साधारणसभा र नियामक नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपछि हकप्रद निष्कासनको बाटो खुल्नेछ ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत अर्थात् एक बराबर एक सेयर हकप्रद सेयर दिने भएको छ । कम्पनीको सोमबारको सञ्चालक समिति बैठकले ५० करोड १० लाख ५५ हजार १ सय रुपैयाँ चुक्ता पुँजीको शतप्रतिशत (१ः१ को) अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको हो ।
रिडीले बुटवलमा निर्माण गर्न लागेको ८ दशमलव ५ मेगावाट क्षमताको सोलार आयोजना निर्माणका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको साधारणसभा र नियामक नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपछि हकप्रद निष्कासनको बाटो खुल्नेछ ।
यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा सर्वसाधारण हिस्सा बढाउन संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन (कन्भर्ट) गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निर्धनको १८ करोड ९० लाख ३० हजार ६ सय रुपैयाँबराबरको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन भएको जनाएको छ । संस्थापक सेयर परिवर्तनसँगै निर्धनको संस्थापक सर्वसाधारणको हिस्सा ५१ः४९ भएको छ ।