मङ्गलबार ३ हजार ३ सय ६५ करोबारबाट ९ लाख १५ हजार १ सय ३६ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ८१ लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भयो । हिजो सोमबार ३ हजार २ सय १८ कारोबारबाट ६ लाख ७२ हजार १ सय ३ कित्ता सेयर किनबेच भई २० करोड ४५ लाख ७२ हजार रुपैयाँको कारोबार भएको थियो ।
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा मङ्गलबार उतारचढावबीच स्थिर देखिएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से २ अङ्कसम्म बढेपछि ५ अङ्कको गिरावट आएको थियो । तर, त्यतिमै रोकिएन र सूचक फेरि उकालो लागे पनि कारोबार बन्द हुँदा शून्य दशमलव ६२ अङ्क वृद्धि भएको देखियो, जुन सूचक स्थिर जस्तै हो ।
१ हजार १ सय ७९ दशमलव ७१ अङ्कबाट सुरु भएको बजारमा शून्य दशमलव ६५ अङ्कको सुधार आउँदै १ हजार १ सय ८० दशमलव ३६ अङ्क कायम भएर रोकिएको छ । आइतबार र सोमबार भने तीव्र उतराचढाबकाबीच नेप्से सूचक ओरालो लागेको थियो ।
मङ्गलबार ३ हजार ३ सय ६५ करोबारबाट ९ लाख १५ हजार १ सय ३६ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ८१ लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भयो । हिजो सोमबार ३ हजार २ सय १८ कारोबारबाट ६ लाख ७२ हजार १ सय ३ कित्ता सेयर किनबेच भई २० करोड ४५ लाख ७२ हजार रुपैयाँको कारोबार भएको थियो ।
सुधारको सङ्केत देखिएको मङ्गलबार हिजोको तुलनामा १ करोड रुपैयाँ बढी कारोबार भयो । आज नेप्सेमा वर्गीकृत १० समूहमध्ये ६ समूहमा हरियाली छाएको छ । यस्तै ४ समूहमा भने गिरावट आएको छ ।
नेप्से बढेको दिन सबैभन्दा बढी बिमा समूहमा २८ दशमलव ६७ अङ्क, जलविद्युत् समूहमा १६ दशमलव ४७ अङ्क, लघुवित्त समूहमा ९ दशमलव ५४ अङ्क र विकास बैङ्क समूहमा शून्य दशमलव १६ अङ्ले गिरावट आएको छ ।
यस्तै, उत्पादन समूहमा १५ दशमलव ४४ अङ्कको गिरावट आएको छ भने अरु समूहमा सामान्य सुधार आएको छ । नेप्सेमा सामान्य सुधार देखिएको दिन आज सबैभन्दा बढी लक्ष्मी बैङ्कका लगानीकर्ताले धेरै कमाएका छन् । साथै नेप्से बढे पनि सबैभन्दा धेरै गुमाउने लगानीकर्ता रैराङ हाइड्रोपावर कम्पनीका छन् ।