मानसरोवर यात्राका लागि गएका सयौं पर्यटक पानी परेपछि हिल्सा, सिमिकोट र तिब्बतको टाक्लाकोटमा रहेका होटलहरुमा बसिरहेका थिए ।
पवित्र धार्मिक स्थल मानसरोवर यात्राका लागि गएका अलपत्र पर्यटकको उद्धार भइरहेको छ । अविरल वर्षाका कारण दुई दिनसम्म हवाई उडान हुन नसकेपछि सयांै पर्यटक सिमिकोट र हिल्सामा रोकिएका थिए ।
मङ्गलबार मात्र हिल्साबाट सिमिकोटमा सातओटा उडान गरेर पर्यटकहरुलाई उद्धार गरिएको मानसरोवरमा हवाई उडान गर्दै आएको माउन्टेन हेलिकोप्टर प्रालिका महाप्रबन्धक दिल ओलीले जानकारी दिए । यस्तै सिमिकोटबाट नेपालगन्जसम्म सीता एयरका दुईओटा जहाजले पर्यटक ल्याइरहेको उनको भनाइ छ । सीता एयरले आज मात्र ९० जना पर्यटकलाई नेपालगन्जमा ल्याइपु¥याउनेछ ।
मानसरोवर यात्राका लागि गएका सयौं पर्यटक पानी परेपछि हिल्सा, सिमिकोट र तिब्बतको टाक्लाकोटमा रहेका होटलहरुमा बसिरहेका थिए ।