ज्यान गुमाउने माउद्रेदाफ नारायणन लीला र भीभी ग्रान्धी रहेको नेपालगञ्ज पुगेका माउन्टेन हेलिकप्टरका महाप्रबन्धक दिल ओलीले जानकारी दिए । मृत्यु भएकामध्ये माउद्रेदाफ नारायणन लीलाको शव सिम्रिक एयरले काठमाडौं र भीभी ग्रान्धीको शव माउन्टेन हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको छ ।
मानसरोवर यात्रामा गएका दुई जना भारतीय पर्यटकको हिजो सोमबार मृत्यु भएको छ । खराब मौसमका कारण मृतकको शव आज मात्र नेपालगञ्ज र काठमाडौं ल्याइएको छ ।
ज्यान गुमाउने माउद्रेदाफ नारायणन लीला र भीभी ग्रान्धी रहेको नेपालगञ्ज पुगेका माउन्टेन हेलिकप्टरका महाप्रबन्धक दिल ओलीले जानकारी दिए । मृत्यु भएकामध्ये माउद्रेदाफ नारायणन लीलाको शव सिम्रिक एयरले काठमाडौं र भीभी ग्रान्धीको शव माउन्टेन हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको छ ।
कैलाश दर्शन गरे स्वर्ग गइन्छ भन्ने जनविश्वासका साथ मानसरोवरमा हिन्दू धार्मिक पर्यटकहरु बढी आउने गर्छन् । तिब्बतमा रहेको मानसरोवर यात्राका लागि ठूलो सङ्ख्यामा भारतीय पर्यटकहरु यति बेला हिल्सा र सिमिकोट पुगेका छन् । तीमध्ये धेरैलाई लेक लागेर बिरामी भएका छन् ।
विभिन्न ट्राभल एजेन्सीमार्फत मानसरोवर गएका भारतीय पर्यटकहरु दुई दिनदेखि मौसममा खराबी आएपछि हेलिकप्टरले उडान भर्न नसक्दा अलपत्र परेका थिए । आज बिहानैबाट मौसममा आएको सुधारसँगै उद्धार कार्यलाई तीव्र पारिएको हेलिकप्टर कम्पनीहरुको भनाइ छ ।