निजि क्षेत्रको अग्रणी कम्पनीको रुपमा रहेको बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । फ्रान्को इटालियन कम्पनी एटिआरद्वारा निर्मित कलसाइन नाइनएन एएमयु रहेको एटिआर ७२–५०० जहाज आज काठमाडौं आएको हो ।
बुद्ध एयरले भित्र्याएको यो जहाज ११ औ हो । सो जहाज फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, इजिप्ट, ओमान हुँदै काठमाडौं आइपुगेको बताइएको छ ।