नाडेपको सेयर ४३ हजार २ सयलाई

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्मका लागि खुलाएको सेयरमा कुल २ लाख १९ हजार १९ जनाले आवेदन दिएका थिए । सेयर लगानीकर्ताले दिएको कुल आवेदनबाट ४ सय ७४ आवेदन रद्द भएको थियो ।

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सेयर ४३ हजार २ सय आवेदकले पाएका छन् । नबिल इन्भेस्टमेन्टमा बुधवार भएको बाडफाँटमा गोलाप्रथाबाट प्रतिव्यक्ति १० कित्ताका दरले ४३ हजार २ सय आवेदकलाई सेयर परेको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्मका लागि खुलाएको सेयरमा कुल २ लाख १९ हजार १९ जनाले आवेदन दिएका थिए । सेयर लगानीकर्ताले दिएको कुल आवेदनबाट ४ सय ७४ आवेदन रद्द भएको थियो ।

योग्य आवेदन २ लाख १८ हजार ६ सय १७ कायम भएकोमा प्रतिव्यक्ती १० कित्ताका दरले ४३ हजारलाई सेयर परेको हो । नाडेपले कुल ४ लाख ८० हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।

जसमध्ये २४ हजार कित्ता सेयर कर्मचारीका लागि र २४ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ३२ हजार कित्ता सेयर सर्वसाधरणको लागि खोलिएको थियो ।

धादिङको गजुरीमा प्रधान कार्यालय रहेको नाडेपका हाल देशभर ७० शाखा कार्यालय र निक्षेप सङ्कलन ८१ करोड रुपैयाँ छ ।