पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले एक साताभित्र ड्राफ्ट तयार भइसक्ने बताए । उनले स्टार होटलहरुको मापदण्डमा केही परिर्वतन हुने र ननस्टार र टुरिष्टस्तरका अरु होटलहरुको मापदण्ड समसामयिक रुपमा परिमार्जन हुने जानकारी दिए ।
पर्यटन विभागले होटलका लागि नयाँ मापदण्ड बनाउँदै छ । पुरानो मापदण्ड वैज्ञानिक नभएको गुनासो आइरहेका बेला विभागले नयाँ मापदण्ड ल्याउन लागेको हो ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले एक साताभित्र ड्राफ्ट तयार भइसक्ने बताए । उनले स्टार होटलहरुको मापदण्डमा केही परिर्वतन हुने र ननस्टार र टुरिष्टस्तरका अरु होटलहरुको मापदण्ड समसामयिक रुपमा परिमार्जन हुने जानकारी दिए । अबको मापदण्ड अन्तर्राष्ट्रियस्तरको हुने उनले बताएका छन् ।
‘हामी निरन्तर रुपमा लागिरहेका छौ,’ महानिर्देशक घिमिरेले भने, ‘वर्किङ ग्रुप बनाएर दैनिक ४÷५ घण्टा खटेर काम गरिरहेका छौं ।’ मापदण्ड परिमार्जन नभएको धेरै भएकाले अहिले सबै विज्ञहरुको राय सल्हाह लिएर ड्राफ्ट तयार पारिरहेको उनले बताए । ‘पहिलाको मापदण्ड पुरानो भएकाले वैज्ञानिक ढङ्गबाट परिमार्जन गर्न लागिएको हो,’ महानिर्देशक घिमिरेले भने, ‘हामी सकभर छिटो ल्याउने तयारीमा छौं ।’
अहिलेको माग र अन्तर्राष्ट्रियस्तर अनुसार मापदण्ड बनाउनु पर्ने जरुरी छ । अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार नै बनाउन लागिएको छ । यो सबैमा लागू हुँदै जिल्लाका लागि छ्ट्टै हुन्छ, काठमाडौंभित्रका लागि छ्ट्टै हुन्छ । नेपालमा अहिले धेरैथरीका होटल सञ्चालनमा छन् । कुनै स्टार, कुनै ननस्टार तथा टुरिष्टस्तरका होटल छन् । ती सबैलाई एकै मापदण्डमा ल्याउने उद्देश्यले परिमार्जन गर्न लागिएको महानिर्देशक घिमिरेको भनाइ छ । मापदण्डमा होटलको स्तरअनुसार कोठाको साइज, बेडरुम, त्यहाँको सेवाप्रवाहदेखि क्षेत्रफल समेतलाई समावेश गरिने छ ।