कारोबार सुरु भएदेखि नै बढ्ने बाटोमा अग्रसर रहेको नेप्से मध्य समयमा केही सुस्त दखिने सङ्केत गरे पनि कारोबारको अन्तिमतिर झनै जुर्मुरायो र बजार एकाएक माथि लाग्यो । बिहीबार सामान्य बढेर एक हजार १ सय ८८ दशमलव ४० अङ्कमा रोकिएको नेप्से बिहीबार भने एक हजार २ सय २४ दशमलव ३८ अङ्कमा रोकियो ।
निरन्तर सुस्ताएको सेयर बजार बिहीबार एकाएक गर्माएको छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) एकाएक ३६ दशमलव १ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्ने बाटोमा अग्रसर रहेको नेप्से मध्य समयमा केही सुस्त दखिने सङ्केत गरे पनि कारोबारको अन्तिमतिर झनै जुर्मुरायो र बजार एकाएक माथि लाग्यो । बिहीबार सामान्य बढेर एक हजार १ सय ८८ दशमलव ४० अङ्कमा रोकिएको नेप्से बिहीबार भने एक हजार २ सय २४ दशमलव ३८ अङ्कमा रोकियो ।
राजनीतिक तथा आर्थिक रुपमा बजारमा एकाएक वृद्धि हुनुपर्ने कुनै कारण छैन । मौद्रिक नीतिमा सेयरसम्बन्धी सहुलियतको अपेक्षा गरेका लगानीकर्ता या त कसैको बहकाउमा लागेर बजार माथि उचालेका छन्, या त निरन्तर बजार घटेर तल झरेका बेला सीमित फाइदा उठाउने समूह सक्रिय भएर बजारमा अनेकन भ्रम सिर्जना गरी क्षणिक लाभ प्राप्त गर्न कोसिस गरेका छन् ।
होइन भने सेयर बजारअमैत्री सरकार भनेर आलोचना भइरहेको सरकारलाई भने बुधबार गरेको एक निर्णयलाई लगानीकर्ताले स्वागत गरेको अर्थमा लिन सकिन्छ । बुधबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तय भइसकेपछि भदौ १४ यता तत्कालीन सरकारले गरेका सबै निर्णयलाई एकमुष्ट रुपमा खारेज गर्ने निर्णय गरेको थियो । सरकारको यही निर्णयलाई लगानीकर्ताले सेयर बजारमार्फत स्वागत गरेका छन् । खासगरी भदौयताको निर्णयमा प्रदेश सरकारका प्रमुखदेखि विभिन्न निकायका प्रमुख कार्यकारी अधिकृत तथा अन्य प्रकृतिका नियुक्त पदाधिकारीहरु पर्छन् ।
बिहीबार कारोबार सुरु भएदेखि नै सुधारात्मक अवस्थामा लागेको नेप्से २० अङ्क बढेपछि घट्न थाल्यो । तर, बजार बढेको अवस्थामा नै ८ अङ्कमा आएर फेरि बढ्न सुरु गरेको बजार ३६ अङ्क बढेर रोकिएको हो । नेप्सेमा बिहीबार ६ हजार ६ सय २४ कारोबारबाट १२ लाख १ हजार ४ सय ३३ कित्ता सेयर किनबेच भई ४६ करोड १८ हजार ६ सय ३० रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा २१ करोड रुपैयाँ बढी हो । बुधबार नेप्सेमा ८ लाख ३३ हजार ८ सय १९ कित्ता सेयर किनबेच भई २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँबराबरको कारोबार भएको थियो । बिहीबार उच्च कारोबार हुँदा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ७५ लाख ६९ हजार रुपैयाँबरारको कारोबार भएको छ । यस दिन नेसनल लाइफसहित ८ कम्पनीको कारोबार एक करोड रुपैयाँभन्दा बढी छ । विगतमा कतिपय बेला एउटा कम्पनीले पनि कारोबार रकम करोड कटाउन सकेको थिएन ।
नेप्सेमा सूचीकृत सबै १० समूहमध्ये कारोबार भएका ८ समूहमा वृद्धि भएपछि त्यसको प्रत्यक्ष असर सूचकमा परेको हो । बिहीबार व्यापार समूहको कारोबार भने भएन भने उत्पादनमूलक तथा प्रशोधन उपसमूहमा ३७ दशमलव ३४ अङ्कले गिरावट आएको छ । नेप्सेमा बिहीबार सबैभन्दा बढी बीमा समूहमा ३ सय २२ दशमलव ४३ अङ्कले बढेको छ । यस्तै लघुवित्त ८५ दशमलव ९, होटल ५८ दशमलव ६, जलविद्युत् ५२ दशमलव २, विकास बैङ्क ३७ दशमलव २८, बैङ्किङ २६ दशमलव ७७, वित्त ८ दशमलव ७८ र अन्य समूहमा ८ दशमलव ४८ अङ्कको वृद्धि भएको छ ।
नेप्से ३ दशमलव शून्य ३ प्रतिशतले बढेको दिन बिहीबार युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ७.२७ प्रतिशतले घटेको छ ।