नेप्सेमा गत साताभन्दा २८ दशमलव २९ प्रतिशत कारोबार बढी, एक करोड १४ लाख कित्ता सेयर सूचीकृत

साताको पहिलो दिन आइतबार १४ दशमलव एक अङ्कले नेप्से सूचक घटेको थियो । सोमबार चार दशमलव ४२ अङ्कले गिरावट आएको नेप्से मङ्गलबार स्थिर रहँदै शून्य दशमलव ६५ अङ्क कायम भएको थियो । यस्तै, बुधबार आठ दशमलव चार अङ्कले सुधार आएको नेप्से सूचकमा अन्तिम दिन बिहीबार ३६ दशमलव एक अङ्कले बढेर रोकिएको हो ।

निरन्तर घटिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) यस साता ३९ दशमलव ८८ अङ्कले बढेको छ । गत साताको बिहीबार एक हजार एक सय ९८ दशमलव ५४ अङ्कमा रोकिएको बजार यस साता सुधार आउँदै एक हजार दुई सय २४ दशमलव ४१ अङक कायम भएको छ ।

साताको पहिलो दिन आइतबार १४ दशमलव एक अङ्कले नेप्से सूचक घटेको थियो । सोमबार चार दशमलव ४२ अङ्कले गिरावट आएको नेप्से मङ्गलबार स्थिर रहँदै शून्य दशमलव ६५ अङ्क कायम भएको थियो । यस्तै, बुधबार आठ दशमलव चार अङ्कले सुधार आएको नेप्से सूचकमा अन्तिम दिन बिहीबार ३६ दशमलव एक अङ्कले बढेर रोकिएको हो ।

नेप्सेका अनुसार सातामा २० हजार दुई सय ८१ कारोबारबाट ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयर खरिदबिक्री भई एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन गत साताभन्दा कारोबार रकम २८ दशमलव ३९ प्रतिशत बढी हो । गत साता एक सय ८६ कम्पनीहरुको कारोबार भई एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका ३६ लाख ७९ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । यो साता एक सय ८४ कम्पनीको कारोबार भएको छ ।

यसैगरी ‘क’वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक बिहीबारको तुलनामा आठ दशमलव ३४ अङकले बढेर दुई सय ५७ दशमलव ४६ अङ्क कायम भएको छ ।

पाँचै दिन कारोबार खुला रहेको यस साता नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रकम सबैभन्दा बढी सात करोड ४२ लाख ३० हजार रुपैयाँ भएको छ । त्यस्तै, सबैभन्दा बढी सेयर किनबेच प्राइम कमर्सियल बैङ्कको भएको छ । कम्पनीको एक लाख ५५ हजार कित्ता सेयर किनबेच भयो ।

साथै, छ कम्पनीका हकप्रद सेयर र बोनस सेयर गरी सातामा एक करोड १४ लाख २३ हजार दुई सय ३१ दशमलव ५९ कित्ता सेयर सूचीकृत भएका छन् । तीन कम्पनीका ७१ लख ७५ हजार दुई सय ९८ दशमलव ५९ कित्ता हकप्रद र तीन कम्पनीका ४२ लाख ४७ हजार नौ सय ३३ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् ।

देव विकास बैङ्कका ६५ लाख ३३ हजाजर एक सय आठ दशमलव ५९ कित्ता, मञ्जुश्री फाइनान्सका तीन लाख ६२ हजार एक सय ९० कित्ता र सूर्योदय लघुवित्त वित्तीय संस्थाको दुई लाख ८० हजार कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।

यस्तै, नेप्सेमा ओम डेभलपमेन्ट बैङ्कका ३७ लाख ८१ ह्जार ७३ कित्ता, आरएसडीसी लघुवित्त वित्तीय संस्थाका तीन लाख ४६ हजार ६० कित्ता र कर्णाली डेभलपमेन्ट बैङ्कका एक लाख २० हजार आठ सय कित्ता हकप्रद सेयर सूचिकृत भएका छन् ।