न्यूनतम पारिश्रमिक  समितिको बैठक बस्न सकेन,आइतबार निर्णायक बैठक बस्ने

प्रधानमन्त्री केपी ओलीले १६ हजार रुपैयाँभन्दा कम नहुने बताइसकेका छन् । तर, १२ हजार ५ सय रुपैयाँभन्दा बढी उपलब्ध गराउन नसकिने व्यवसायीको भनाइ छ ।

शुक्रवार दिउँसो ३ बजे तय भएको न्यूनतम पारिश्रमीक समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । श्रमीक र उद्योगीहरुको तर्फबाट बैठकमा सहभागि हुन एक जना मात्र प्रतिनिधि आएपछि आइतबार २ बजे सम्मको लागि बैठक सारिएको न्यूनतम पारिश्रमीक समितिका अध्यक्ष एवंम श्रम तथा रोजगार मन्त्रालयका सह सचिव राम प्रसाद घिमिरेले जानकारी दिए ।

‘हामी औपचारीक रुपमा एक पटक मात्र बैठक बस्छौ,अध्यक्ष घिमिरेले क्यापिटल नेपाल सँग भने,आइतबार निर्णायक बैठक हुन्छ’ । आज उद्योग बाणिज्य सँघंको कार्यक्रम भएकोले सबै सदस्यहरु त्यहि कार्यक्रममा गएको हुँदा बैठकमा सहभागि नभएको उनको भनाइ छ ।
श्रममन्त्री गोकर्ण विष्टले सुरुमा कर्मचारीको न्यूनतम ज्याला २२ हजार पुग्ने सार्वजनिक रुपमै बताएका थिए । प्रधानमन्त्री केपी ओलीले १६ हजार रुपैयाँभन्दा कम नहुने बताइसकेका छन् । तर, १२ हजार ५ सय रुपैयाँभन्दा बढी उपलब्ध गराउन नसकिने व्यवसायीको भनाइ छ ।
यो पनि पढ्नुस ।

अहिलेसम्म सबैभन्दा बढी ज्याला वृद्धि १८ सय, यो पटक बढ्ला त ५३ सय !