सगरमाथा आरोही छोकी शेर्पा सम्मानित

सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छोकी शेर्पा सम्मानीत भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मिएका शेर्पालाई कोर्सा नेपाल एडभेन्चर प्रालिले एक कार्यक्रमका विच सम्मान गरेको हो ।

हिमआरोही हरुले नेपालको पर्यटन क्षेत्रमा ठुला सहयोग पु¥याएकोले शेर्पालाई सम्मान गरिएको कोर्सा नेपाल एडभेन्चर प्रालिका प्रवन्धक निर्देशक नकुल देवकोटाले जानकारी दिए । उनले नेपालको पर्यटन क्षेत्रको आधा हिस्सा हिमाली क्षेत्रले ओगटेको भन्दै उनिहरुको सम्मानमा आफु सधै लाग्ने बताए ।

हिमआरोही शेर्पाले सगरमाथाको चुचुरोमा बुद्धको मुर्ति पु¥याउन पाउँदा आफुलाई निकै खुसि लागेको बताइन । “मेरो सफलता नै सम्पूर्ण नेपाली नारीहरुको सफलता हो,शेर्पाले भनिन्, म विदेश पलायन हुन्न,पर्यटन क्षेत्रको विकासमा लाग्छु ”। पाँच बर्ष वैदेशीक रोजगारीमा गएका शेर्पाले विदेशमा अझै बुद्धकोे विषयमा भ्रम रहेकोले त्यस्लाई चिर्नको लागि सगरमाथाको चुचुरोमा बुद्धको मुर्ति पु¥याएर बुद्ध नेपालमै जन्मिएका हुन भन्ने सन्देश दिएको बताइन ।

सम्मान कार्यक्रममा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई,दोलखाका संघिय सांसद पार्वत गुरुङ,पूर्व सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल, पर्वतारोहण सघंका अध्यक्ष सन्तवीर लामा,ट्रेकिङ एजेन्सिज अफ नेपाल(टान)का महासचिव आङपेम्बा शेर्पा लगाएतले सुभकामाना व्यक्त गरेका थिए ।