नेप्सका पूर्व सीईओ अदालत जाने

आफूलाई सरकारले अन्याय गरेको भन्दै न्याय खोज्न अदालत जाने बताए ।

देउवा सरकारले गरेका नियुक्तिको खारेजीसँगै बरखास्तगीमा परेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद अदालत जाने भएका छन् । आफूलाई सरकारले अन्याय गरेको भन्दै न्याय खोज्न अदालत जाने बताए ।
८ महिनाअघि नियुक्त भएका साउदले कानुनी परामर्शपछि अदालत जाने तयारी गरेका हुन् । उनी खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका थिए । साउदको नियुक्ति बदरपछि अर्थमन्त्रालयले तत्कालका लागि मन्त्रालयका उपसचिव रमेश आचार्यलाई नेप्सेको सीईओको जिम्मेवारी दिएको छ ।