गत बिहीवारको मन्त्रिपरिषदले भदौ १४ यताका तत्कालीन सरकारले गरेका सम्पूर्ण निर्णयलाई खारेज गरेसँगै नेप्सेका सीईओ चन्द्रसिंह साउद पनि खोसुवामा परेपछि सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अर्याललाई नेप्सेमा पठाएको हो ।
अर्थमन्त्रालयका उपसचिव रमेश अर्यालले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन् । आइतबार नियुक्त उनले सोमबार सपथपछि जिम्मवारी लिएका हुन् ।
गत बिहीवारको मन्त्रिपरिषदले भदौ १४ यताका तत्कालीन सरकारले गरेका सम्पूर्ण निर्णयलाई खारेज गरेसँगै नेप्सेका सीईओ चन्द्रसिंह साउद पनि खोसुवामा परेपछि सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अर्याललाई नेप्सेमा पठाएको हो ।
सरकारले साउदलाई पदमुक्त गर्दा ३६ अङ्कले बढेको बजार आज अर्यालले सपथलिँदा भने १७ अङ्कले घटेको छ ।