बोर्डले सार्वजनिक गरेको आव २०७५–७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार नीति तथा कार्यक्रममा एक नोपली एक डीम्याट खाता योजना अभियानकै रुपमा सञ्चालन गर्ने घोषणा गरेको हो ।
नेपाल धितो पत्र बोर्डले पूँजी बजारको विस्तार र विकासका लागि नयाँ स्टक एक्सचेन्जलाई कारोबारको अनुमति दिने भएको छ । लामो समयदेखि नयाँ स्टक एक्सचेन्ज खोल्ने बारेमा बहस भए पनि बोर्डले अनुमति दिएको थिएन । चार ओटा नयाँ स्कट एक्स्चेन्ज खोल्न बोर्डमा यसअघि नै आवेदन परेको छ ।
सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै एक नेपाली एक डीम्याट खाता अभियानका रुपमा प्रस्तुत गरेको हो । बोर्डले सार्वजनिक गरेको आव २०७५–७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार नीति तथा कार्यक्रममा एक नोपली एक डीम्याट खाता योजना अभियानकै रुपमा सञ्चालन गर्ने घोषणा गरेको हो ।
धितोपत्र बजारको नियमन व्यवस्थालाई थप प्रभावकारी बनाउन कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, दलाल व्यवसायीको सेवा देशव्यापीरुपमा विस्तार गर्ने योजना छ । धितोपत्र बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि कानुनी संरचना विकास गर्ने, बजार सहभागीहरुको स्तर अभिवृद्धि गर्ने, लगानी उपकरण सुधार तथा विकास गर्नेजस्ता महत्त्वपूर्ण योजना समेटेको छ ।
यस्तै, धितोपत्र बजारमा देशभरका लगानीकर्तालाई उत्साहित बनाउन र दोस्रो बजारको कारोबार देशभर पुर्याउन अनलाइन कारोबार सञ्चालनमा ल्याउने घोषणा गरेको छ । साथै, बोर्डले बजार विस्तारका लागि अध्ययन तथा अनुसन्धान गर्ने, नबिकेको सेयर लिलामी गर्ने प्रक्रियालाई व्यवस्थित गर्ने र ओटीसी कारोबारलाई प्रतिस्पर्धी बनाउन स्वचालित कारोबार प्रणालीको विकास गर्ने योजना अघि सारेको छ ।
यस्तै, बोर्डले हाल धितोपत्र दर्ता निष्कासन स्वीकृति र व्यवसाय सञ्चालन अनुमति तथा विनिमावली स्वीकृति, सार्वजनिक निष्कासनका लागि तयार पारिनुका साथै बजार अनुगमन, सुपरिवेक्षण तथा कारवाही गरिएको जानकारी दिएको छ ।
बजार विकासका लागि सुझाव, नीति तथा कार्यक्रम तयारी तथा प्रगति पुनरवलोकन र गुनासा समाधान र लगानीकर्ताका लागि प्रशिक्षण तथा जनचेतना अभिवृद्धि र अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा व्यावसायिकता विकासमा जोड दिइरहेको बताएको छ ।