नेप्से १७ अङ्कले घट्दा ४१ करोडको कारोबार

सोमबार कारोबार सुरु भएदेखि नै घट्न थालेको हो । यसदिन नेप्सेमा ४ हजार २ सय ४४ कारोबारबाट १ लाख ९७ हजार ६७ कित्ता सेयर किनबेच भई ४१ करोड ८ लाख ३४ हजार ८ सय ७७ रपैयाँ बराबरको कारोबार भयो । जुन आइतबारको कारोबार रकमभन्दा ७ करोड रुपैयाँ कम हो ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा सोमबार दोहोरो अङ्कको गिरावट आएको छ । १२२४ दशमलव ८२ अङ्कबाट सुरु भएको बजार १७ दशमलव ९६ अङ्कको गिरावट हुँदै १२०६ दशमलव ४३ अङ्कमा रोकिएको छ ।

सोमबार कारोबार सुरु भएदेखि नै घट्न थालेको हो । यसदिन नेप्सेमा ४ हजार २ सय ४४ कारोबारबाट १ लाख ९७ हजार ६७ कित्ता सेयर किनबेच भई ४१ करोड ८ लाख ३४ हजार ८ सय ७७ रपैयाँ बराबरको कारोबार भयो । जुन आइतबारको कारोबार रकमभन्दा ७ करोड रुपैयाँ कम हो ।

स्थिर अवस्थामा रोकिएको दिन आइतबार भने नेप्सेमा ६ हजार ५ सय ९५ कारोबारबाट १२ लाख ४१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच भई ४८ करोड २३ लाख ५२ हजार ४ सय ९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सूचक घटेको दिन आज नेप्सेमा वर्गीकृत १० समूहमध्ये २ समूहमा सकरात्मक सुधार देखिएको छ भने ८ समूहमा गिरावट आएको छ । आइतबार उत्पादनमूलक ७ दशमलव ४३ र व्यापार समूह शून्य दशमलव २३ अङ्कले वृद्धि भएको छ ।

यस्तै, आइतबार बिमामा १ सय ३० दशमलव ४२ अङ्ले सबैभन्दा बढी गिरावट आएको छ । होटलमा २२ दशमलव ३२, लघुवित्तमा २१ दशमलव ८९, विकास बैङ्कमा १८ दशमलव ६, बैङ्किङमा १६ दशमलव ४२ अङ्कले गिरावट आएको छ ।

साथै, अन्य समूहमा ५ दशमलव २६ अङ्कले र फाइनान्स समूहमा ४ दशमलव ५१ अङ्कको सामान्य गिरावट आएको छ । बजार घटेको दिन आइतबार सबैभन्दा बढी कनकाई विकास बैङ्कको सेयर ४ दशमलव ६९ प्रतिशत बढेको छ भने साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको सेयर ६ दशमलव ६ प्रतिशतले घटेको छ ।