सेयर बजार स्थिर, कारोबार रकममा गिरावट

बढ्ने सङ्केतका साथ सुरु भएको बजार केही बेरमा नै ओरालो लागेर फेरि उकालो लाग्न सुरु गरेको थियो । तर, तीव्र उतराचढावका बीच ८ अङ्कको वृद्धि आएपछि नाटकीय ढङ्गले घट्दै सामान्य गिरावट आएको हो ।

साताको तेस्रो दिन सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) स्थिर अवस्थामा रोकिएको छ । एक हजार २ सय ६ दशमलव ६० अङ्कबाट सुरु भएको बजार शून्य दशमलव ५० अङ्कको सामान्य गिरावट आउँदै एक हजार २ सय ५ दशमलव ९३ अङ्कमा बन्द भएको छ ।

बढ्ने सङ्केतका साथ सुरु भएको बजार केही बेरमा नै ओरालो लागेर फेरि उकालो लाग्न सुरु गरेको थियो । तर, तीव्र उतराचढावका बीच ८ अङ्कको वृद्धि आएपछि नाटकीय ढङ्गले घट्दै सामान्य गिरावट आएको हो ।

नेप्सेमा आज ४ हजार ४ सय ९३ कारोबारबाट ५ लाख ४८ हजार ३ सय ३३ कित्ता सेयर किनबेच भई २८ करोड ७९ लाख ७४ हजार ४ सय ३१ रुपैयाँ बराबरको कारोबार भयो । जुन सोमबारको कारोबार रकमभन्दा १३ करोड रुपैयाँले कमी हो ।

सोमबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्सेमा ४ हजार २ सय ४४ कारोबारबाट १ लाख ९७ हजार ६७ कित्ता सेयर किनबेच भई ४१ करोड ८ लाख ३४ हजार ८ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मङ्गलबार नेप्सेमा वर्गीकृत सबै १० समूहको कारोबारबाट ३ समूहमा सामान्य सुधार आएको छ भने ७ समूहमा गिरावट आएको छ । अधिकांश समूहमा गिरावट आउँदा त्यसको प्रभाव सम्पूर्ण बजारमा परेको छ ।

बजारमा सामान्य गिरावट आएको दिन आज बिमामा ५ दशमलव ३, बैङ्किङमा १ दशमलव ४५ र फाइनान्समा शून्य दशमलव ७ अङ्कको सुधार आएको छ । बजार घटेको दिन आज सबैभन्दा बढी उत्पादनमूलकमा ७० दशमलव ५२ अङ्कको भारी गिरावट आएको छ । यस्तै, जलविद्युतमा २ दशमलव १५, अन्यमा १ दशमलव ९९, होटलमा १ दशमलव ४१, लघुवित्तमा शून्य दशमलव ५३ र विकास बैङ्कमा शून्य दशमलव ४७ अङ्कको सामान्य गिरावट आएको छ ।

मङ्गलबार बजारमा सामान्य गिरावट आए पनि वरुण हाइड्रोपावर कम्पनीको सेयरमा ७ दशमलव ४३ प्रतिशतले वृद्धि आएको छ भने सबैभन्दा बढी गिरावट वेस्र्टन डेभलपमेन्ट बैङ्कको सेयर ९ दशमलव ७ प्रतिशतले घटेको छ ।