भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले विमान भित्र्याउन लागिएको निगमका महाप्रवन्धक सुगतरन्त कंसाकारले जानकारी दिए ।
नेपाल वायु सेवा निगमले २०१९ भित्र दुई ओटा न्यारो बडी ए३२०–२०० विमान भित्र्याउने भएको छ । भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले विमान भित्र्याउन लागिएको निगमका महाप्रवन्धक सुगतरन्त कंसाकारले जानकारी दिए ।
सो जहाज आएपछि भारत र चीनका केही सहरसहित म्यान्मार तथा श्रीलङ्कासम्म सेवा सुरु गर्ने बताए । जहाज खरिदका लागि १२ अर्ब रुपैयाँ लाग्ने बताउँदै त्यसका लागि सञ्चय कोषसँग कुरा भइरहेको जानकारी दिए । निगमले असार १४ गते आफ्नै स्वामित्वमा रहने गरी पहिलो पटक वाइड बढी विमान भित्र्याइसकेको छ भने अर्को जहाज साउनभित्र आइपुग्ने छ । साउन १६ गते सो विमानले पहिलो उडान कतारको दोहा गर्न लागेको छ ।
‘दुई ओटा नयाँ विमान प्राप्तिलाई निगमको रणनीतिक परिवर्तनको सुरुवातको रुपमा लिएका छौं,’ महाप्रवन्धक कंसाकारले भने, ‘अब विदेशी पर्यटकलाई लक्ष्य गरी धनी मुलुकहरुबाट पर्यटक भित्र्याउन उडान भर्छौं ।’ उनले अब सञ्चालनमा आउने नयाँ वाईड बढी ए३३०–२०० समेत गरी जम्मा पाँच ओटा विमानबाट नयाँ गन्तव्य जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान भर्ने बताए ।