निगमलाई २८ जना पाइलट अभाव, पाइलट पाउनै मुस्किलः महाप्रबन्धक

निगमलाई एक सय १६ जना पाइलट चाहिनेमा अहिले ८८ जना मात्र रहेको र २८ जना पाइलट खोजिरहेको महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । ‘केही समयअघि ३० जना पाइलटको लागि आवेदन खुला गर्दा १९ जनाले दिवेदन दिएर परीक्षामा सामेल भए,’ महाप्रबन्धक कंसाकार भन्छन्, ‘आठ जनाले पास गर्नै सकेनन् ।’ उनि भन्छन्, पाइलट पाउनै मुस्किल छ ।

देशमा बढ्दो बेरोजगारीले ग्रस्त भइरहेका बेला नेपाल वायु सेवा निगम भने पाइलट नभएको गुनासो गरिरहेको छ । दक्ष पाइलट नभएकै कारण केही विमानहरु उडाउन नसकिएको निगमले जनाएको छ ।

निगमलाई एक सय १६ जना पाइलट चाहिनेमा अहिले ८८ जना मात्र रहेको र २८ जना पाइलट खोजिरहेको महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । ‘केही समयअघि ३० जना पाइलटको लागि आवेदन खुला गर्दा १९ जनाले दिवेदन दिएर परीक्षामा सामेल भए,’ महाप्रबन्धक कंसाकार भन्छन्, ‘आठ जनाले पास गर्नै सकेनन् ।’ उनि भन्छन्, पाइलट पाउनै मुस्किल छ ।

नेपाली पाइलट नभेटेपछि निगमले विदेशी भित्र्याउने तयारी गरेको छ । विदेशमा रहेका केही कम्पनीलाई पाइलटका लागि कुरा भइरहेको बताउँदै ६÷७ जना नेपालीले पनि विदेशी जहाज उडाइरहेको बताए । तिनीहरु पनि विदेशी पाइलटसरह सेवा सुविधा दिने भए नेपाल आउने जानकारी दिएको बताउँदै तिनीहरुलाई ल्याउने प्रयास गरिएको निगमले जनाएको छ ।

हाल ३ जना विदेशी पाइलटले ए३२०–२०० विमान उडाइरहेका छन् । उनीहरुलाई मासिक करिब करसहित १५ लाख रुपैयाँ तलब दिइँदै आएको निगमको भनाइ छ । निगमले ए३००–२०० का लागि केही महिनाभित्र ६ जना क्याप्टेन र ६ जना को–पाइलट तयार पारिरहेको जनाएको छ । यस्तै १२ जना को–पाइलट विदेशीहरुलाई करारमा लिएर पूर्ण क्षमतामा दुवै वाईड बडी सञ्चालनमा ल्याउन लागिएको निगमको भनाइ छ । चिनियाँ विमान एमए६० र वाई१२ईका लागि क्याप्टेन पर्याप्त भएपनि ४ ओटै विमानलाई पूर्ण क्षमतामा चलाउन थप ८ जना पाइलट आवश्यक रहेको बताइएको छ ।

निगमको आन्तरिक उडानका लागि चाइनिज वाई१२ई र टुईनअटर विमानको लागि विदेशी पाइलट करारमा नियुक्त गर्दा महिनाको १२ लाख रुपैयाँ करसहित तलब भत्ता लाग्ने र वाइड बडी ए३३०–२००का लागि क्याप्टेनलाई १८ लाख र को–पाइलटलाई १२ लाख रुपैयाँ दिनुपर्ने अनुमान गरेको छ ।