बुधबार कारोबार सुरु भएको एक घण्टामा सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ११ अङ्कसम्म चढेपनि त्यसपछि भने ओरालो लागेको छ । बुधबार मध्यान्ह राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने तय भएको छ ।
नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिएसँगै सेयर बजारमा देखिएको उतारचढाव बुधबार पनि कायम छ । बुधबार कारोबार सुरु भएको एक घण्टामा सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ११ अङ्कसम्म चढेपनि त्यसपछि भने ओरालो लागेको छ । बुधबार मध्यान्ह राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने तय भएको छ ।
गत साता र यो साताको ३ दिन पनि सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । गत बिहीबार ३६ अङ्कले बढेको बजार सोमबार भने १७ अङ्कले घटेको थियो । तर, अन्य दिन कारोबार बजार बन्द हुँदा सामान्य बढ्ने वा घट्ने स्थितिमा पुग्छ । खासगरी सेयर धितोमा राष्ट्र बैङ्क खुकुलो पार्ने हल्ला चलाएर बजारलाई प्रभाव पार्न खोजिएको छ र केही लगानीकर्ताहरु छिटो नाफा बुक गर्ने अभियानमा लाग्दा बजार प्रभावित भएको छ ।
वित्तीय नीतिले औंल्याएको लक्ष्यलाई साथ दिने गरी राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउने छ । उसले उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउने, ब्याजदर स्थिरताका लागि नयाँ उपायहरुको खोजी गर्ने, मुद्रास्फीति सीमाभित्र राख्न मुद्रा प्रवाहलाई व्यवस्थित गर्नेछ ।