जेठ १७ गतेसम्म कायम भएका बैङ्कका सेयरधनीले प्रति कित्ता १ सय रुपैयाँका दरले आजदेखि साउन २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्कको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बुधबारदेखि बिक्री खुला गरिएको छ । जेठ १७ गतेसम्म कायम भएका बैङ्कका सेयरधनीले प्रति कित्ता १ सय रुपैयाँका दरले आजदेखि साउन २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले हाल कायम ४ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको एक सेयर बराबर एकको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल हो । हकप्रद निष्कासनपछि मिर्मिरे माइक्रोफाइनान्सको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।
आवेदकले हकप्रदका लागि एनआइबीएल एस क्यापिटल, पोखरा, लालदरबार, बुटवल, बीरगञ्ज, विराटनगर र लगनखेलबाट आवेदन दिन सक्ने छन् । साथै, इन्भेष्टमेन्ट बैङ्कका शाखा कार्यलयबाट र सी–आस्बा लागू भएका सम्पूर्ण वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।