एनएमबीले १५ प्रतिशत बोनस सेयर दिने

नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको साधारणसभाबाट पारित भएपछि सेयर वितरण गरिनेछ ।

एनएमबी बैङ्कले आफ्ना सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।

बैङ्कको मङ्गबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको साधारणसभाबाट पारित भएपछि सेयर वितरण गरिनेछ ।

बोनस सेयर वितरणपछि बैङ्कको कुल चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २ सय २९ रुपैयाँ पुग्नेछ ।