बजार सुरु भएदेखि बढ्न सुरु गरेको बजार ११ अङ्कले बढेर तीव्र गतिको उतराचढावकाबीच घट्न थालेको थियो । अन्तिममा शून्य दशमलव २९ अङ्कले घटेर बुधरबारको बजार बन्द भएको हो ।
मौद्रिक नीति सार्वजनिक भएको दिन बुधबार बढ्ने सङ्केतका साथ सुरु भएको बजार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । बुधबार १२०६ दशमलव ७ अङ्कबाट सुरु भएको बजार शून्य दशमलव २९ अङ्कले घटेर १२०५ दशमलव ६४ अङ्कमा कायम भएको छ ।
बजार सुरु भएदेखि बढ्न सुरु गरेको बजार ११ अङ्कले बढेर तीव्र गतिको उतराचढावकाबीच घट्न थालेको थियो । अन्तिममा शून्य दशमलव २९ अङ्कले घटेर बुधरबारको बजार बन्द भएको हो ।
आज नेप्सेमा १ सय ७१ कम्पनीका ४ हजार ७ सय ८३ कारोबारबाट १० लाख ६२ हजार २ सय ३४ कित्ता सेयर खरिदबिक्री भई ४७ करोड ९५ लाख १४ हजार २ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा १९ करोड रुपैयाँले कम हो ।
मङ्गलबार नेप्सेमा ४ हजार ४ सय ९३ कारोबारबाट ५ लाख ४८ हजार ३ सय ३३ कित्ता सेयर किनबेच भई २८ करोड ७९ लाख ७४ हजार ४ सय ३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा वर्गीकृत सबै १० समूहमध्ये ९ समूहको कारोबार भई ७ समूहमा वृद्धि भए पनि नेप्से सूचकमा गिरावट आएको छ । बुधबार व्यापार समूहको कारोबार भएन ।
बजार घटेपनि आज लघुवित्तमा २८ दशमलव ४५ अङ्कले वृद्धि भएको छ । यस्तै, विकास बैङ्कमा ३ दशमलव ४, जलविद्युतमा २ दशमलव ७, अन्यमा शून्य दशमलव ६५, वित्तमा शून्य दशमलव ५३ र बिमा समूहमा शून्य दशमलव ३ अङ्कको सामान्य गिरावट आएको छ ।
साथै, आज सबैभन्दा बढी होटलमा ८६ दशमलव ४२, बैङ्किङमा १ दशमलव ८८ अङ्क र उत्पादनमूलक समूहमा शून्य दशमलव ४७ अङ्कले गिरावट आउँदा त्यसको नकारात्मक प्रभाव सम्पूर्ण बजारमा देखिएको हो ।
बजारमा सामान्य गिरावट आएपनि बुधबार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको छ भने एभरेष्ट बैङ्कको सेयर ५ दशमलव ६ प्रतिशतले गिरावट आएको छ ।