सरकारद्वारा सेयर बजारलाई उपेक्षा

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बुधबार सार्वजनिक मौद्रिक नीति एक प्वाइन्ट पनि राष्ट्र बैङ्कले सेयर बजारको हितका लागि नल्याएको बताए । उनले सेयर लगानीकर्ताको मनोविज्ञानका कारण बजार उकालो लाग्ने सम्भावना भए पनि सेयर बजारलाई सरकारले हदैसम्मको अङ्कुश लगाएको बताएका हुन् ।

निरन्तर गिरावट आइरहेको सेयर बजार नेप्सेलाई सरकारले सौतेनी व्यवहार गरेको लगानीकर्ताहरुले बताएका छन् । लाखौं नेपालीको अर्बौं लगानी रहने बजारलाई राम्रोसँग मौद्रिक नीतिमार्फत सम्बोधन गर्न नसक्नु राष्ट्र बैङ्कको ठूलो भूल भएको बताएका हुन् ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बुधबार सार्वजनिक मौद्रिक नीति एक प्वाइन्ट पनि राष्ट्र बैङ्कले सेयर बजारको हितका लागि नल्याएको बताए । उनले सेयर लगानीकर्ताको मनोविज्ञानका कारण बजार उकालो लाग्ने सम्भावना भए पनि सेयर बजारलाई सरकारले हदैसम्मको अङ्कुश लगाएको बताएका हुन् । अधिकांश नेपालीको लगानी रहने बजारलाई निरुत्साहित गर्न नहुने उनले बताए ।

सेयर बजारको क्षेत्रमा वाणिज्य बैङ्कलाई ब्रोकरको लाइसेन्स खुला गर्नु मात्र एउटा सकारात्मक पक्ष भएको बताउँदै सेयर बजारलाई नै आफ्नो मुख्य पेसा बनाएका लगानीकर्ताहरुको बिचल्ली हुन सक्ने बताए । पौडेलले मौद्रिक नीतिले व्यवस्था गरेको कर्जालाई ७५ लाखबाट ५० लाखमा घटाउनु मुख्य विषय भएको बताए । जसका कारण सेयर बजार फेरि निरुत्साहित हुने दाबी उनले गरे ।

कर्जामा २५ लाख घटाएपछि अधिकांश बैङ्कले लगानीकर्तालाई आफ्नो कर्जा चुक्ता गर्न दबाव दिने अवस्था सृजना हुने बताए । पौडेलले बुधबारको मौद्रिक नीतिले सेयर बजारमा सरकारको मनसायलाई साथ दिएको बताउँदै बजारमैत्री वातावरणको एउटा बुँदा पनि नसमेटिनु दुख लाग्दो कुरा भएको बताए ।

तर, अर्का लगानीकर्ता दीप्रेन्द्र अग्रवालले भने मौद्रिक नीतिले सेयर बजारलाई सोचेको जति सम्बोधन नगरे पनि राहत प्रदान गरेको बताए । उनले वाणिज्य बैङ्कलाई ब्रोकरको लाइसेन्स दिनु राम्रो पक्ष भएको बताउँदै बैङ्कको ब्याजदर घट्नुले नेपालको अर्थतन्त्रको साथै सेयर बजारलाई सकारात्मक फाइदा पुग्ने बताए ।

अग्रवालले तत्काललाई बजार नकारात्मक बाटोमा गएपनि दर्घीकालीन रुपमा बजार उकालो लाग्ने बताए । उनले एनआरएन सेयर बजारमा आएपछि सेयर सुधारात्मक बाटोमा जाने बताएका हुन् । मौद्रिक नीतिले समग्रमा बजारलाई समेटेका कारण आफूसँग भएको सेयर आत्तियर बेचिहाल्दा पछि सेयर नपाइने सम्भावना बढाइदिएको बताए ।

अबको सेयर बजारलाई कसैले रोक्न खोजेर नरोकिने अग्रवालले दाबी गरे । राष्ट्र बैङ्कले मार्जिन ल्यान्ड बढाउन पर्ने र त्यसमा सोचेजति काम नभए पनि बजारमैत्री वातावरण बनेको उनले बताए ।