निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आउँदो १८ महिनाभित्र आईओसाको सर्टिफिकेट लिनका लागि विज्ञ इन्जिनियर रमेशबहादुर शाहको संयोजकत्वमा कमिटी गठन गरी आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिए ।
नेपाल वायु सेवा निगमलाई अन्तर्राष्ट्रियस्तरको एयरलाइन्स बनाउन निगमका कर्मचारीहरु लागिपरेका छन् । अन्तर्राष्ट्रियस्तरको एयरलाइन्सको मान्यता लिन हवाई सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय गुणस्तरको सर्टिफिकेट (आईओसा) लिनुपर्ने हुन्छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आउँदो १८ महिनाभित्र आईओसाको सर्टिफिकेट लिनका लागि विज्ञ इन्जिनियर रमेशबहादुर शाहको संयोजकत्वमा कमिटी गठन गरी आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिए । हवाई सुरक्षा एवम् विश्वसनीय आधारमा उल्लेखनीय सुधार ल्याउन विमान तथा विमानको महत्त्वपूर्ण अङ्गका रुपमा लिने गरिएको इन्जिनको मर्मत सम्भारकार्य बाह्य अवधारणाअनुसारको नीति लिइएको जनाइएको छ । यो नीति विश्वका अधिकांश एयरलाइन्सहरुले अपनाइसकेका छन् ।
यस्तै व्यवस्थापन सुधारलाई उच्च प्राथमिकता दिन वेब बुकिङको व्यवस्था गर्न लागेको बताइएको छ । यो व्यवस्था अन्तर्राष्ट्रियतर्फ सुरु भइसकेको र आन्तरिक सेवातर्फ श्रावण मसान्तसम्म लागू गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको निगमको भनाइ छ ।