बोर्डले कम्पनीलाई बुधबार प्रतिकित्ता सय रुपैयाँ अङ्कित मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएको हो ।
नेपाल धितो पत्र बोर्डले आँखु खोला जलविद्युत् कम्पनीलाई २० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई बुधबार प्रतिकित्ता सय रुपैयाँ अङ्कित मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएको हो ।
नियमन निकाय बोर्डले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशत (८ लाख कित्ता) र सर्वसाधारणका लागि १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले हाल धादिङमा ८ दशमलव ४ मेगावाटको जलविद्युत् परियोजना निर्माण गरिरहेको छ ।
आईपीओको निष्कासन प्रबन्धन सिभिल क्यापिट मार्केटले गर्नेछ ।