‘सलाम एयरको नेपालमा सञ्चालनका लागि बिहीबार अनुमति मागेको छ, । आवश्यक कागजपत्रसहित निवेदन आएको छ, हामीले अध्ययन गरेर निर्णय गर्छाैं ।’ सलाम एयरले अनुमति पाएपछि नेपालमा सातामा सातदिन नै उडान भर्ने समूहले जनाएको छ ।
बैङ्क तथा वित्तीय व्यवसायमा अग्रणी आइएमई समूहले ओमानको सलाम एयरको जनरल सर्भिस एजेन्ट (जीएसए) लिएको छ ।
ओमानको बजेट एयरलाइन्सको रुपमा रहेको सलाम एयरलाई नेपालमा सञ्चालनका अनुमतिका लागि समूहले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा निवेदन दिएको छ । मन्त्रालयबाट अनुमति पाएपछि सलाम एयरले आगामी सेप्टेम्बरदेखि नेपालमा उडान भर्ने ग्रुपले जनाएको छ ।
‘सलाम एयरको नेपालमा सञ्चालनका लागि बिहीबार अनुमति मागेको छ,’ मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने ‘आवश्यक कागजपत्रसहित निवेदन आएको छ, हामीले अध्ययन गरेर निर्णय गर्छाैं ।’ सलाम एयरले अनुमति पाएपछि नेपालमा सातामा सातदिन नै उडान भर्ने समूहले जनाएको छ ।
सलाम एयरसँग एयरबस ए ३२० १ सय ७४ सिटको जहाज छ । अहिले ओमानबाट ओमान एयरले उडान भरिरहेको छ ।