पहिलो चरण अन्तर्गत गरिएको अनुगमनमा बिर्तामोडका कार्यालयको बोर्डबाहेक केही पनि कागजपत्र नपाइएपछि तालाबन्दी गर्नुपरेको बताइएको छ । गैरकानुनी ढंगले ठूलो संख्यामा मेनपावर व्यवसाय सञ्चालनमा रहेको गुनासो आएपछि अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।
झापाको बिर्तामोडमा सञ्चालित २ वटा मेनपावरमा शिलबन्दी गरेको छ । दिपक खड्काद्वारा सञ्चालित एमडी ओभर्सीज तथा पुण्य खरेलद्वारा सञ्चालित कोशी इनटरनेश्नल ओभर्सीजमा शिलबन्दी गरिएको हो ।
जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रहरी प्रशासनसहितको अनुगमनमा अवैधानिक रुपमा सञ्चालित दुईवटा मेनपावरमा शिलबन्दी गरिएको जनाएको छ ।
पहिलो चरण अन्तर्गत गरिएको अनुगमनमा बिर्तामोडका कार्यालयको बोर्डबाहेक केही पनि कागजपत्र नपाइएपछि तालाबन्दी गर्नुपरेको बताइएको छ । गैरकानुनी ढंगले ठूलो संख्यामा मेनपावर व्यवसाय सञ्चालनमा रहेको गुनासो आएपछि अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । जिल्ला समन्वय समिति अन्तर्गत रहेको जिल्ला सुरक्षित आप्रावासन समितिको बैठकको निर्णयअनुसार अनुगमन गरिएको उनले बताए ।
वैदेशिक रोजगारीसम्बन्धी ठगी र उजुरीहरु अत्यन्तै पीडादायक देखियो, सुरक्षित आप्रवासन सामी परियोजना झापाका कार्यक्रम संयोजक हरिप्रसाद मैनालीले भने,“को कानुनसम्मत छ, को गैरकानुनी छ, त्यति मात्रै हेर्ने निर्णय गरेर निस्किएका थियौँ, त्यसक्रममा दुईवटा चाहिँ गलत भेट्टाएर स्थानीय तहले तालाबन्दी नै गर्नुप¥यो ”।
जिसस प्रमुख पोर्तेलका अनुसार झापामा ४० वटा मेनपावारका एजेण्ट तथा १२ वटा शाखा कार्यालयहरु अनुमती लिएर सञ्चालनमा रहेका छन् । वैधानीक तरिकाले सञ्चालित एजेण्ट तथा शाखाहरुले कानुनी प्रक्रिया पु¥याएर काम गरे÷नगरेको अनुगमन गरेर कारवाही गरिने पोर्तेलले जानकारी दिए ।