सातामा दुई अर्ब ११ करोडको कारोबार, नेप्से ३२ अङ्कले घट्यो

सातामा दुई अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से एक हजार दुई सय अङ्कभन्दा तल आएको छ । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार एक हजार दुई सय २४ दशमलव ३९ अङ्कमा रोकिएको नेप्से परिसूचक यस साता ३२ दशमलव ४१ अङ्कले घटेर बिहीबार एक हजार एक सय ९१ दशमलव ९८ अङ्कमा आएर कारोबार रोकिएको हो ।

पछिल्लो समय तीव्र उतराचढाव भइरहेको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा कारोबार रकम बढे पनि नेप्से परिसूचक घटेको छ । सातामा कारोबार रकम ५८ दशमलव ५५ प्रतिशतले बढ्दा नेप्सेमा ३२ दशमलव ४१ अङ्कले गिरावट आएको छ ।

सातामा दुई अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से एक हजार दुई सय अङ्कभन्दा तल आएको छ । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार एक हजार दुई सय २४ दशमलव ३९ अङ्कमा रोकिएको नेप्से परिसूचक यस साता ३२ दशमलव ४१ अङ्कले घटेर बिहीबार एक हजार एक सय ९१ दशमलव ९८ अङ्कमा आएर कारोबार रोकिएको हो । सातामा नेप्से निरन्तर घट्दै एक हजार दुई सय अङ्कभन्दा तल आएको हो ।

साताको पहिलो दिन आइतबार नेप्से शून्य दशमलव दुई, सोमबार १७ दशमलव ९६, मङ्गलबार शून्य दशमलव पाँच, बुधबार शून्य दशमलव २९ र बिहीबार १३ दशमलव ६६ अङ्कले गिरावट आएको हो । सातामा बुधबार र बिहीबार सूचक तीव्र उतराचढाव भएको थियो । पाँचै दिन कारोबार सञ्चालन भएको पाँचै दिनै सूचक गिरावट आएको छ । बुधबार मौद्रिक नीति सार्वजनिक हुँदा केही बढेको सेयर पुनः ओरालो लागेको थियो ।

सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा छ दशमलव ६८ अङ्कले गिरावट आएको छ ।

यस साता एक सय ९१ कम्पनीका २४ हजार तीन सय ७० कारोबारबाट ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयर दुई अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँमा खरिद बिक्री भएका हुन् । यो रकम गत साताको भन्दा ५८ दशमलव ४४ प्रतिशत बढी हो ।

गत साता १८४ कम्पनीहरुको २० हजार २ सय ८१ कारोबारबाट १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

सातामा एभरेष्ट बैङ्कको सबैभन्दा बढी १५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै कुमारी बैङ्कको सबैभन्दा बढी ३ लाख ९० हजार कित्ता सेयर किनबेच भयो । रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको १ हजार ४ सय ४९ कारोबार भएको छ ।