एकै गाउँपालिकाका ४७ जना हिमआरोही

सम्मान कार्यक्रममा बोल्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दोलखालाई पर्यटकीय हवको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । विषेश गरी गौरीशंकर गाउँपालिकालाई हिमआरोहीहरुको गाउँको रुपमा विकास गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

दोलखाको गौरीशंकर गाउँपालिकामा ४७ जना हिमआरोहीहरु रहेका छन् । ति मध्ये गौरीशंकर गापा ९ का ४५ जना र वडा नम्वर ८ का २ जना आरोहीहरु रहेका छन् ।

हिमाल आरोहन गरेर गाउँपालिकाको नाम उच्च बनाएको भन्दै ती हिमआरोहीलाई राजधानीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । सोही अवसरमा नेपाल पत्रकार महासघं दोलखाका अध्यक्ष एवंम फोटो पत्रकार जीवन लामाले तयार पारेको गौरीशंकर ःविविधतामा एकता नामक फोटो पुस्तकको विमोचन गरिएको छ । पुस्तककमा गौरीशंकर गाउँपालिका भित्र रहेको च्छोरोल्पा हिमताल देखी विभिन्न प्राकृतिक सम्पदाहरुको फोटो समेटिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दोलखालाई पर्यटकीय हवको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । विषेश गरी गौरीशंकर गाउँपालिकालाई हिमआरोहीहरुको गाउँको रुपमा विकास गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । नेपालको पर्यटन क्षेत्रमा हिमआरोहीहरुको मुख्य भुमिका रहने भन्दै पर्यटन क्षेत्रको विकास विस्तारमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

सम्मानीत हुने हिमआरोहीहरुमा आङफुर्वा शेर्पा,दावा तेन्जी शेर्पा,छिरिङ दोर्जे शेर्पा,निमा गेल्जेन शेर्पा,दावा टासी शेर्पा,पेम्वा दोर्जे शेर्पा,फुर्वा ठिले शेर्पा,पासाङ किदर शेर्पा,टाम्टिड्ड शेर्पा,मिङमा ग्याल्जे शेर्पा,निम तेम्बा शेर्पा,पेम्वा रिता शेर्पा,पेम्वा गेल्जेन शेर्पा,नावाङ दोर्जी शेर्पा, किली पेम्वा शेर्पा,थुण्डु शेर्पा, दावा याङजुम शेर्पा, दावा टाशी शेर्पा,कुङ्मा शेर्पा,पेम्वा छिरी शेर्पा,दावा ग्लाल्जे शेर्पा,मिङ्मा छिरी शेर्पा,आङ् तेन्जिड्ड शेर्पा,तेम्बा छिरी शेर्पा,पेमा थार्के शेर्पा,छिरीङ दावा शेर्पा,छिरीङ पेम्बा शेर्पा,निमा गोम्बु शेर्पा,आङगेली शेर्पा,पासाङरिन्जी शेर्पा,राजकुमार मगर,निङमा दोर्जे तामाङ,दानुरी शेर्पा,ङवाङ योन्देन शेर्पा,साङ्गे शेर्पा,निमा ग्याल्जेन शेर्पा,आङडु शेर्पा,श्याम बहादुर तामाङ,छाकी शेर्पा,दाबुटी शेर्पा,निमा जाङमु शेर्पा,पुजन आचार्य,पेमा डिकी शेर्पा,पासाङ तेन्जिड्ड शेर्पा,लाक्पा छिरी शेर्पा,जीत बहादुर शेर्पा र पासाङ छिरी शेर्पा रहेका छन् ।