गत साताको अन्तिम दिन बिहीबार सेयर कारोबार बन्दा हुँदा सेयरको मूल्य घटेर प्रतिकित्ता २ सय ८० रुपैयाँमा आइपुग्दा बैङ्कको एफपीओ जोखिममा परेको छ । एफपीओको मूल्यमा सेयर पाइन थालेपछि यसअघि नै थोरै आवेदन परेको एफपीओको बिक्रीमा थप समस्या हुने सम्भावना छ ।
नेपाल बैङ्कको सेयर मूल्य थप निष्कासन (एफपीओ)को मूल्य बराबरीमा आएको छ । कम्पनीको दोस्रो बजारको सेयर मूल्य निरन्तर घटेर एफपीओ मूल्यको बराबरीमा आएको हो ।
गत साताको अन्तिम दिन बिहीबार सेयर कारोबार बन्दा हुँदा सेयरको मूल्य घटेर प्रतिकित्ता २ सय ८० रुपैयाँमा आइपुग्दा बैङ्कको एफपीओ जोखिममा परेको छ । एफपीओको मूल्यमा सेयर पाइन थालेपछि यसअघि नै थोरै आवेदन परेको एफपीओको बिक्रीमा थप समस्या हुने सम्भावना छ ।
बैङ्कको एफपीओको बजार मूल्य २ सय ८० रुपैयाँ छ । कम्पनीले सयमा १ सय ८० रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय ८० रुपैयाँमा निष्कासन गरेको हो । बैङ्कको एफपीओलाई लगानीकर्ताले पत्याएका छैनन् । एफपीओबाट बैङ्कले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ सङ्कलन गर्ने छ ।
एफपीओको मूल्यमा सेयर पाइन थालेपछि कुन सेयर किन्ने भन्नेमा लगानीकर्ता अलमल परेका छन् । बैङ्कको सेयर गत वैशाखमा प्रतिकित्ता ३ सय ६८ रुपैयाँमा कारोबार भइरहेको थियो । त्यसयता लगातार घट्दै आएको सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँले घटेर २ सय ८० रुपैयाँमा आएको छ ।
बैङ्कले नेपाल धितो पत्रबोर्डबाट एफपीओ निष्कासनको अनुमति पाएपछि निरन्तर सेयर मूल्यमा गिरावट आएको छ ।