नेप्सेमा आज १ सय ७० कम्पनीका ३ हजार ५ सय ९२ कारोबारबाट ६ लाख ६७ हजार ४ सय ३४ कित्ता सेयर किनबेच भई १९ करोड ३८ लाख ४६ हजार ४ सय १० रुपैयाँ बराबरको कारोबार भएको छ । जुन कारोबार रकम बिहीबारको कारोबार रकमभन्दा २६ करोड रुपैयाँ कम हो ।
साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से)मा उतराचढावका बीच एकल अङ्कको सुधार आएको छ । ११९२ अङ्कबाट सुरु भएको बजार ८ दशमलव ११ अङ्कले बढेर १२०० अङ्क कायम भएको छ ।
राष्ट्र बैङ्कले बुधबार सार्वजनिक मौद्रिक नीतिपछि बिहीबार १३.६६ अङकले घटे पनि आज आइतबार भने सुधार देखिएको छ । आइतबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार ५ अङ्कले सुधार भई बजार बढेकै अवस्थामा ओरालो लागेको थियो । नेप्सेमा आज १ सय ७० कम्पनीका ३ हजार ५ सय ९२ कारोबारबाट ६ लाख ६७ हजार ४ सय ३४ कित्ता सेयर किनबेच भई १९ करोड ३८ लाख ४६ हजार ४ सय १० रुपैयाँ बराबरको कारोबार भएको छ । जुन कारोबार रकम बिहीबारको कारोबार रकमभन्दा २६ करोड रुपैयाँ कम हो ।
बिहीबार नेप्सेमा १ सय ६३ कम्पनीको ४ हजार ९ सय ४१ करोबारबाट १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच भई ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा बिहीबार १३ दशमलव ६६ अङ्कको गिरावट आएको थियो ।
आज नेप्सेमा वर्गीकृत सबै १० समूहको भई ९ समूहमा सकरात्मक सुधार हुँदा त्यसको प्रत्यक्ष असर सूचकमा परेको हो । आइतबार फाइनान्समा बाहेक सबैमा वृद्धि भएको छ ।
बजार बढेको दिन फाइनान्समा १ दशमलव ५७ अङ्कको सामान्य गिरावट आएको छ । यस्तै, बिमा समूहमा सबैभन्दा बढी ४३ दशमलव ४९, होटलमा ४० दशमलव ६६ अङ्कले वृद्धि भएको छ । यी बाहेक अरु समूहमा एकल अङ्कको सुधार आएको छ । बजार एकल अङ्कले बढेको दिन आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७ दशमलव ८ प्रतिशतले बढेको छ भने नेपाल हाइड्रो डेभलपर्सको सेयर ६ दशमलव ६ प्रतिशतले गिरावट आएको छ ।