आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ को समापन गर्न प्रधानमन्त्री ओली चन्द्रागिरि केबलकार चढेर गएका थिए ।
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
यी हरफहरु हुन् प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिमा पुगेर लेखेका कविताका । कवितामार्फत पर्यटकीयस्थल चन्द्रागिरिको बयान गर्दै आफू सपनामा आएर भावी सन्तति मुस्कुराएको देख्ने सपना उनले बुनेका छन् ।
उनी लेख्छन्,
परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ?
बाँचुञ्जेल हो जीन्दगी मर्नु त छँदैछ ।
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा मुनि मेची महाकाली
हाम्रा लहलह खेतबारी झपक्क कान्ला र आली
सपनामा भएपनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
नेपालको दोस्रो केबलकारको रुपमा रहेको चन्द्रागिरिमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले कविता लेखेका छन् । उनले आफू मरेर गएपनि सपना भने देख्न पाउँ भन्ने भावको कविता लेखेका हुन् ।
आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ को समापन गर्न प्रधानमन्त्री ओली चन्द्रागिरि केबलकार चढेर गएका थिए । कविहरुको भिडमा प्रधानमन्त्री ओलीले कविता लेखेपछि सबै खुसी भएका थिए ।
प्रधानमन्त्री ओलीले छोटो मन्तव्य राख्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल वास्तवमा गरिब नभएको र बलजफ्ती गरिब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए । चन्द्रागिरिले धेरै पर्यटकको मन लोभ्याएको भन्दै यस्ता पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताए ।