पाँचथर पावरले १९ करोडको आईपीओ निष्कासन गर्ने

कम्पनीले दुई अर्ब ६० करोड रुपैयाँ लागतमा १४ दशमलव ९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी उत्पादन सुरु गरिसकेको छ । कम्पनीबाट उत्पादित विद्युत् पाँचथर, ताप्लेजुङ, झापा र इलाममा वितरण गरिएको छ ।

पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पाँचथर पावरले नेपाल धितो पत्र बोर्डमा १९ लाख २५ हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा बिहीबार आवेदन दिएको हो ।

कम्पनीले दुई अर्ब ६० करोड रुपैयाँ लागतमा १४ दशमलव ९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी उत्पादन सुरु गरिसकेको छ । कम्पनीबाट उत्पादित विद्युत् पाँचथर, ताप्लेजुङ, झापा र इलाममा वितरण गरिएको छ ।

स्थानीय र सर्वसाधारणको २५ प्रतिशत लगानी हुने पाँचथर पावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि आवेदन दिएको बोर्डले जनाएको छ ।

आयोजनामा स्थानीयको तीन करोड, आयोजनामा कार्यरत कर्मचारीको दुई करोड रुपैयाँ लगानी छ भने बाँकी रकम ११ ओटा बैङ्कले लगानी गरेका छन् । ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि ९६ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल हो ।