नेप्सेमा वर्गीकृत सबै १० समूहको कारोबार भई ९ समूहमा सकरात्मक सुधार हुँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको हो । आज नेप्सेमा अन्य समूह बाहेक सबै समूहमा वृद्धि भएको छ । अन्यमा दुई दशमलव ६७ अङ्कले गिरावट आएको छ ।
साताको दोस्रो दिन सोमबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) तीव्र गतिको उतारचढावबीच १२ दशमलव २७ अङ्कको सुधार आएको छ । १ हजार २ सय दशमलव ९ अङ्कबाट सुरु भएको बजार १२ दशमलव २७ अङ्कले बढेर १ हजार २ सय १२ दशमलव ३६ अङ्क कायम भएको छ ।
साउन १ गतेदेखि अनलाइन ट्र्ेडिङ प्रणाली सञ्चालनमा आउने भएपछि बजारमा सकरात्मक असर परेको हो । यस्तै, मौद्रिक नीतिमार्फत कर्जाको ब्याज घट्नु पनि बजार उकालो लाग्नलाई एक माध्यम बनेको लगानीकर्ता दीपेन्द्र अग्रवालले बताए । सेयर बजारमैत्री मौद्रिक नीति, मार्जिन ल्यान्डमा गरिएको सुधार जस्ता काराणले बजार बढ्न सहयोग गरेको उनको भनाइ छ ।
सोमबार कारोबार सुरु भएदेखि घट्न थालेको बजार २ अङ्कको गिरावट आएपछि बढ्दै ३ अङ्कले वृद्धि भएपछि फेरि घट्न थालेको बजारले केही बेरमै लय समात्दै १२ दशमलव २७ अङ्क बढेर कारोबार बन्द भयो । नेप्सेमा आज १ सय ५९ कम्पनीका ३ हजार ३ सय ८८ कारोबारबाट ११ लाख ७६ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भई ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैयाँ बराबरको भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा १२ करोड रुपैयाँले बढी हो ।
आइतबार नेप्सेमा १ सय ७० कम्पनीका ३ हजार ५ सय ९२ कारोबारबाट ६ लाख ६७ हजार ४ सय ३४ कित्ता सेयर किचबेच भई १९ करोड ३८ लाख ४६ हजार ४ सय १० रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा वर्गीकृत सबै १० समूहको कारोबार भई ९ समूहमा सकरात्मक सुधार हुँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको हो । आज नेप्सेमा अन्य समूह बाहेक सबै समूहमा वृद्धि भएको छ । अन्यमा दुई दशमलव ६७ अङ्कले गिरावट आएको छ । बजार बढेको दिन आज नेप्सेमा सबैभन्दा बढी बिमामा १ सय ४७ दशमलव २, होटलमा ३२ दशमलव २९, उत्पादनमूलकमा ३२ दशमलव ५१, जलविद्युत्मा ५० दशमलव २३, माइक्रोफाइनान्समा १२ दशमलव ६२, बैङ्किङमा ६ दशमलव ५, वित्तमा २ दशमलव ८८ र व्यापारमा १ दशमलव ९४ अङ्कले वृद्धि भएको छ ।
सोमबार सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावरको सेयर ७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । यस्तै बजार बढेको दिन आज ङादी ग्रुप पावरको सेयर सबैभन्दा बढी ५ दशमलव २३ प्रतिशतले घटेको छ ।