पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपीओ आजदेखि

पञ्चकन्याले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको सेयरमध्ये सामूहिक लगानी कोषलाई ५५ हजार कित्ता र कम्पनीको कर्मचारीका लागि ४४ हजार कित्ता र सर्वसाधरणका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ ।

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले मङ्गलबारदेखि सर्वसाधारणका लागि ११ करोड रुपैयाँबराबरको ११ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि एक सय रुपैयाँका दरले आईपीओ जारी गरेको हो ।

पञ्चकन्याले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको सेयरमध्ये सामूहिक लगानी कोषलाई ५५ हजार कित्ता र कम्पनीको कर्मचारीका लागि ४४ हजार कित्ता र सर्वसाधरणका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ ।

आवेदकले न्यूनतम ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले आईपीओमा आस्वा प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन दिन सक्नेछन् ।
कम्पनीले सन्दकपुर गाँउपालिकामा १२ मेगावाटको अपरमाई जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ ।