नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा कारोबार भइरहेकामध्ये क्यापिटल नेपालले हेरेका केही कम्पनीको ‘मार्केट डेफ्थ’मा किन्न खोज्ने लगानीकर्ताले अझ कम मूल्य लगाइरहेका छन् भने बेच्ने लगानीकर्ताले केही बढी मूल्य तोकिरहेका छन् । विगत केही समयदेखि दुवैबीचको मूल्यमा तालमेल नमिल्दा कारोबार रकम समेत घट्दै आइरहेको छ ।
निरन्तररुपमा घटिरहेको सेयर बजारमा सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ता बढी देखिएका छन् । अधिकांश कम्पनीको बजार मूल्य घटेका बेला सेयर किन्नेहरु बढी देखिएका छन् भने बेच्नेहरु कम देखिएका छन् ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा कारोबार भइरहेकामध्ये क्यापिटल नेपालले हेरेका केही कम्पनीको ‘मार्केट डेफ्थ’मा किन्न खोज्ने लगानीकर्ताले अझ कम मूल्य लगाइरहेका छन् भने बेच्ने लगानीकर्ताले केही बढी मूल्य तोकिरहेका छन् । विगत केही समयदेखि दुवैबीचको मूल्यमा तालमेल नमिल्दा कारोबार रकम समेत घट्दै आइरहेको छ ।
मङ्गलबार कारोबार सुरु हुँदा नेपाल बङ्गलादेश बैङ्कको ८ हजार ८ सय ६५ कित्ता सेयर माग भए पनि ४ हजार ७ सय १ कित्ता सेयर मात्र उपलब्ध छ । जुन माग बिक्री गर्न चाहेको सेयरभन्दा झन्डै दोब्बरले बढी हो ।
बङ्गलादेश बैङ्कको सेयर माग गर्ने लगानीकर्ता सकेसम्म कम मूल्यमा सेयर खरिद गर्न चाहन्छन् भने बेच्न चाहने लगानीकर्ता सकेसम्म बढी भाउ पाएर बेच्न चाहन्छन् । बङ्गलादेश बैङ्कको सेयर किन्न चाहनेले अधिकतम मूल्य प्रतिकित्ता २ सय १४ रुपैयाँदेखि न्यूनतम २ सय ८ रुपैयाँसम्ममा किन्न चाहन्छन् । त्यस्तै, बेच्न चाहनेले न्यूनतम २ सय १४ रुपैयाँदेखि अधिकतम २ सय १९ रुपैयाँ प्रतिकित्ता सेयर बेच्न चाहन्छन् ।
त्यस्तै, नेपाल बैङ्कको सेयर विक्री चापभन्दा झन्डै ४ गुणा बढी खरिद चाप छ । नेपाल बैङ्कको सेयर ४२ हजार १ सय ९६ कित्ता खरिद गर्न चाहन्छन् भने ९ हजार ७ सय ६९ कित्ता बेच्न लगानीकर्ता तयार छन् । किन्न चाहनेहरुले अधिकतम मूल्य प्रतिकित्ता २ सय ८३ रुपैयाँदेखि न्यूनतम मूल्य २ सय ७८ रुपैयाँसम्ममा दिन चाहेका छन् । लगानीकर्ताले राखेको खरिद विक्री मूल्य बैङ्कको थप प्रथामिक निष्कासन (एफपीओ)को मूल्यभन्दा कम छ । एफपीओ मूल्य प्रतिकित्तका २ सय ८० रुपैयाँ छ । एफपीओ मूल्य बढी भएकाले अहिलेसम्म नेपाल बैङ्कको एफपीओ विक्री हुन सकेको छैन । तर बेच्न चाहनेहरुले २ सय ८३ देखि २ सय ९० रुपैयाँ भाउ तोकेका छन् ।
यस्तै बजारमा एभरेष्ट बैङ्कको सेयर माग ४ हजार ५ सय ५९ कित्ता रहे पनि २ हजार ४० कित्ता सेयर मात्र विक्रीका लागि उपलब्ध छ । जुन किन्न चाहनेहरुले ६ सय ५७ रुपैयाँ प्रतिकित्तादेखि ६ सय ६५ रुपैयाँसम्म मूल्य हाल्न तयार छन् भने बेच्न चाहनेहरुले ६ सय ६९ रुपैयाँ प्रतिकित्तादेखि ६ सय ७६ रुपैयाँसम्म मूल्य दिन तयार छन् ।
बिमा कम्पनी नेको लाइफ इन्स्योरेन्सको बजारमा ७ हजार ५ सय ८२ कित्ता सेयरको माग भएपनि ३ हजार ३ सय २५ कित्ता सेयर मात्र उपलब्ध छ । यसमा पनि किन्नेहरुले प्रतिकित्ता ५ सय ३५ रुपैयाँदेखि ५ सय ४३ रुपैयाँमा किन्न खोजेका छन् । तर, बेच्नेहरुले ५ सय ४७ रुपैयाँदेखि ५ सय ५१ रुपैयाँ पाए मात्र सेयर बेच्न चाहेका छन् ।
बुटवल पावर कम्पनीको ६ हजार १ सय कित्ता सेयर बजारमा माग भए पनि ३ हजार ४ सय ६१ कित्ता सेयर मात्र बजारमा उपलब्ध छ । यसको सेयर प्रतिकित्ता ४ सय ३५ रुपैयाँदेखि ४ सय ४४ रुपैयाँसम्म किन्न चाहेका छन् । तर, बेच्न चाहनेहरुले प्रतिकित्ता ४ सय ४७ रुपैयाँदेखि ४ सय ५४ रुपैयाँसम्ममा बेच्न चाहेका छन् । बुटवल पावरले पनि यसअघि प्रतिकित्ता ५ सय १ रुपैयाँमा एफपीओ बेचेको थियो । बुटवलको पनि एफपीओ विक्री भएन । एफपीओ विक्रीको बेलादेखि नै बुटवलको सेयर मूल्य घटिरहेको छ ।