अनलाइन कारोबारले गति लिएन, नेप्से अाेरालाेतर्फ उन्मुख

आजदेखि सेयर बजारमा अनलाइन प्रणाली सुरु भए पनि लगानीकर्ताले पुँजीगत लाभकर तिर्न पर्ने भएपछि नेप्से परिसूचक ओरालो लाग्नुका साथै कारोबार रकम पनि खुम्चिएको छ । अघिल्ला दुई दिनमा भने बजारमा नाटकीय ढङ्गले कारोबारको अन्तिम समयमा वृद्धि भएको थियो ।

अनलाइन कारोबार सुरु भएको दिन मङ्गलबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) आठ दशमलव ५ अङ्कले घटेको छ । १२१२ दशमलव ३६ अङ्कबाट सुरु भएको बजार आठ दशमलव ५ अङ्कले ओरालो लाग्दै १२०४ दशमलव ३१ अङ्कमा रोकिएको छ ।

आजदेखि सेयर बजारमा अनलाइन प्रणाली सुरु भए पनि लगानीकर्ताले पुँजीगत लाभकर तिर्न पर्ने भएपछि नेप्से परिसूचक ओरालो लाग्नुका साथै कारोबार रकम पनि खुम्चिएको छ । अघिल्ला दुई दिनमा भने बजारमा नाटकीय ढङ्गले कारोबारको अन्तिम समयमा वृद्धि भएको थियो ।

मङ्गलबार कारोबार सुरु हुँदा बजार बढ्ने सङ्केत देखिएको थियो । तर, दुई अङ्कको सुधार आएपछि ओरालो लागेको बजार १० अङ्कले घटेर फेरि केही सुधार भई ८ दशमलव ५ अङ्कको गिरावटमा कारोबार बन्द भयो ।

नेप्सेमा आज १ सय ५२ कम्पनीका २ हजार ६ सय ६० कारोबारबाट ५ लाख १४ हजार १ सय ६१ कित्ता सेयर किनबेच भई २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा ११ करोड रुपैयाँले बढी हो ।

नेप्सेमा सोमबार १ सय ५९ कम्पनीका ३ हजार ३ सय ८८ कारोबारबाट ११ लाख ७६ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भई ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा वर्गीकृत सबै १० समूहको कारोबार भई ३ समूहमा सुधार तथा ७ समूह ओरालोतर्फ लागेपछि त्यसको नकारात्मक असर सेयर बजारमा परेको हो । बजार घटेको दिन आज नेप्सेमा फाइनान्स, अन्य र व्यापारमा बाहेक सबै समूहमा गिरावट आएको छ । अन्यमा ४ दशमलव ९५, फाइनान्समा ३ दशमलव ७३ र व्यापारमा २ दशमलव ७९ अङ्कले बढेको छ ।

त्यस्तै, आज निर्जीवन बिमामा ८७ दशमलव ६७, जीवन बिमामा ७४ दशमलव ११, होटलमा ५३ दशमलव ११, जलविद्युतमा ३९ दशमलव २५, उत्पादनमूलकमा ३५ दशमलव ६६, माइक्रोफाइनान्समा १३ दशमलव ३२, विकास बैङ्कमा ८ दशमलव १ र बैङ्कमा ४ दशमलव ७७ अङ्कले गिरावट आएको छ ।

मङ्गलबार सबैभन्दा बढी रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर ६ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ भने बोटलर्स नेपालको सेयर ५ दशमलव ८ प्रतिशतले गिरावट आएको छ ।