श्रममन्त्री विष्टले कतारका राजदुतलाई भने, श्रम सम्झौतालाई परिमार्जन गर्नु पर्छ

नेपालका लागि कतारका राजदुत युसूफ महोम्मद अली संग मगंलवार मन्त्रालयमा भेट गर्दै श्रमिक आदान प्रदानलाई थप व्यवस्थित बनाउन र यस क्षेत्रबाट दुवै मुलुकलाई अधिकतम लाभ हुने अवस्था सुनिश्चित गर्न दुुई देशबीचको श्रम सम्झौतालाई परिमार्जन गर्नुपर्ने देखिएकोले त्यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा बताएका हुन ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कतारको श्रम सम्झौतालाई परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।

नेपालका लागि कतारका राजदुत युसूफ महोम्मद अली संग मगंलवार मन्त्रालयमा भेट गर्दै श्रमिक आदान प्रदानलाई थप व्यवस्थित बनाउन र यस क्षेत्रबाट दुवै मुलुकलाई अधिकतम लाभ हुने अवस्था सुनिश्चित गर्न दुुई देशबीचको श्रम सम्झौतालाई परिमार्जन गर्नुपर्ने देखिएकोले त्यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा बताएका हुन ।

भेटमा नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध आयाम तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारी अवसर र संभावनाबारे चासो राखिएको जनाएको छ । यस्तै नेपाली श्रमिकको सेवा, सुविधाको सुनिश्चितता एवं व्यावसायिक सुरक्षाको विषय र आगामी दिनमा दुई देशबीचको श्रमिक आदानप्रदानलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव प्रकाश दाहालको भनाइ छ ।

यस्तै मन्त्री विष्टले नेपाली श्रमिकहरुलाई २४ सैं घण्टा लागु हुने गरी बीमा सुविधा उपलब्ध गराउनुुपर्ने र पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्नुपर्ने विषयमा जोड दिएको सहसचिव दाहालले जानकारी दिए । यसैगरी श्रमिकलाई दक्ष र सीपयुक्त बनाएर मात्र रोजगारीमा पठाउने उद्देश्यको कार्यान्वयनका लागि स्वदेशमै सीपमूलक तालिम उपलब्ध गराउन तालिम केन्द्र स्थापनाको लागि कतार सरकारबाट आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरेको जनाएको छ ।

यसैविच राजदुत अलीले पारस्परिक हितका आधारमा द्विपक्षीय छलफलमा उठेका विषयहरुलाई कतार सरकारसमक्ष जानकारी गराउने र तिनको सम्वोधनका लागि आफ्नो तर्फबाट थप पहल गर्ने बताएका छन् ।