बुधबार नेप्सेमा ५ अङ्कको गिराट, कारोबार १७ करोडमा सीमित

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से केही समय स्थिर रहेपनि ६ अङ्कले गिरावट आएर फेरि १२०० अङ्कभन्दा तल आएर कारोबार बन्द भएको हो । बुधबार नेप्सेको वेबसाइटमा पहिलेजस्तै समस्या देखापरेको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) बुधबार ५ दशमलव ५४ अङ्कले घटेको छ । १२०४ दशमलव ३१ अङ्कबाट सुरु भएको नेप्से लगातार ओरालो लाग्दै ५ अङ्कको गिरावट आएपछि ११९८ दशमलव ७७ अङ्कमा रोकिएको हो ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से केही समय स्थिर रहेपनि ६ अङ्कले गिरावट आएर फेरि १२०० अङ्कभन्दा तल आएर कारोबार बन्द भएको हो । बुधबार नेप्सेको वेबसाइटमा पहिलेजस्तै समस्या देखापरेको छ ।

अघिल्ला दिनहरुमा अन्तिम समयमा वृद्धि हुने नेप्से अनलाइन कारोबार सुरु भएदेखि आरालो लाग्दै आएको छ भने कारोबार रकममा पनि अङ्कुश लागेको छ ।

बुधबार १ सय ३९ कम्पनीका २ हजार ३ सय ५ कारोबारबाट ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर खरिदबिक्री भई १७ करोड ५३ लाख ७७ हजार ६ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा ३ करोड रुपैयाँले घटी हो ।

नेप्सेमा मङ्गलबार १ सय ५२ कम्पनीका २ हजार ६ सय ६० कारोबारबाट ५ लाख १४ हजार १ सय ६१ कित्ता सेयर किनबेच भई २० करोड ६० लाख ८८ हजार १ सय रुपैयाँको कारोबार भएको थियो । अनलाइन कारोबार सुरु भएको दिन मङ्गलबार नेप्से परिसूचक ८ दशमलव ५ अङ्कले घटेको थियो ।
आज नेप्सेमा वर्गीकृत सबै १० समूहको कारोबार भएकोमा ९ समूहमा गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेप्सेमा परेको हो । बजार घटेको दिन नेप्सेमा आज फाइनान्स समूहबाहेक सबै समूह ओरालो लागेका छन् ।

फाइनान्समा शून्य दशमलव ७६ अङ्कको सामान्य सुधार आएको छ । यस्तै, आज सबैभन्दा बढी जीवन बिमामा ६७ दशमलव ६६, निर्जीवन बिमामा ६१ दशमलव ६१, माइक्रोफाइनान्समा १५ दशमलव ९२ र जलविद्युतमा १४ दशमलव ४१ अङ्कले गिरावट आएको छ ।

बुधबार सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनीको सेयर ४ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ भने नयाँ नेपाल लघुवित्त विकास बैङ्कको सेयर ६ दशमलव ६६ प्रतिशतले गिरावट आएको छ ।