शिवमले निष्कासन गरेको आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका लागि आठ लाख ८० हजार कित्ता आईपीओ जारी गरेको कम्पनीले जनाएको छ ।
शिवम् सिमेन्टले पहिलो चरणमा यही साउन १३ गतेदेखि प्रिमियम सहितको प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित मकवानपुरका वासिन्दाहरुका लागि सय रुपैयाँको साधारण सेयरमा दुई सय प्रिमियम मूल्य थप गरी ३ सय रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने भएको हो ।
शिवमले निष्कासन गरेको आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका लागि आठ लाख ८० हजार कित्ता आईपीओ जारी गरेको कम्पनीले जनाएको छ ।
सेयरका लागि आवेदकले साउन १३ गतेदेखि भदौ ११ गतेसम्म आवेदन दिई सक्नु पर्ने छ । आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकिएको छ । लगानीकर्ताले सी–आस्बामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने छन् ।