गौतमले आफूलाई व्यक्तिगत लाभ हुने भएकाले आवश्यक नै नभएको जग्गा लिएर राज्यमाथि थप आर्थिक भार थाेपरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
नागरिक उड्डयान प्राधिकरणका (क्यान)का महानिर्देशक सञ्जीव गौतमले गौतमवुद्ध विमानस्थल निर्माणका लागि भन्दै लागत लाभ विश्लेषण बिनै अनावश्यक रुपमा जग्गा खरीद गर्दा राज्यलाई २४ अर्ब रुपैयाँ नोक्सान भएको अख्तिायर दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
गौतमले आफूलाई व्यक्तिगत लाभ हुने भएकाले आवश्यक नै नभएको जग्गा लिएर राज्यमाथि थप आर्थिक भार परेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
जग्गा अधिग्रहणमा व्यापक अनियमितता भएको भन्दै गत मङ्सिर १२ गते अख्तियारमा उजुरी परेका हो । यस विषयमा अख्तियारले गम्भीर चासो लिएर भित्री रुपमा अध्ययन समेत थालेको छ ।
महानिर्देशक गौतमले पोखरा क्षत्रीय अन्तराष्ट्रिय विमानस्थलमा पनि सरकारले निर्णय गरेभन्दा बाहिर गएर जग्गा खरीद गरेको फेला परेको छ । स्थानीय जग्गा दलालसँग मिलेर गौतमले ठूलो रकम लिएको र मन्त्रिपरिषद्ले निर्णय गरेभन्दा अर्को जग्गा लिएको समेत अख्तियारमा उजुरी परेको हो ।
पोखरा तथा गौतमबुद्ध विमानस्थल निर्माण गर्न आवश्यक पर्ने भन्दा धेरै जग्गा खरीद गरेको उजुरी अख्तियारमा परेकाले छानविन थालेको अख्तियारले जनाएको छ । ‘जग्गा खरीद गर्दा अनियमितता भएको भन्ने उजुरी अख्तियारमा परेको छ,’ अख्तियारका प्रवक्ता विष्णुप्रसाद पाेखरेलले क्यापिटल नेपालसँग भने ‘त्यसको बारेमा हामीले छानविन सुरु गरेका छौं ।’
पोखरा क्षत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने भन्दै स्थानीय जग्गा दलालसँग मिलेर अनावश्यक जग्गा खरीद गरेर कमिसन खाएको भन्ने उजुरी परेकाले छानविन थालिएको स्रोतको दाबी छ । त्यसैगरी, गौतमबुद्ध विमानस्थल निर्माणमा पनि ठूलो आर्थिक घोटाला भएको भन्ने उजुरीका अधारमा छानविन अघि बढाइएको स्रोतले दाबी गरेको छ ।
पोखरा विमानस्थलको पुरानो नक्सालाई परिवर्तन गरेर नयाँ जग्गा लिएपछि नयाँ डिजाइन बनाइएको क्यान स्रोतले जानकारी दिएको छ । ‘पुरानो नक्सा पहिलेको जग्गा अनुसार बनाइएको थियो,’ एक अधिकारीले भने, ‘तर, जग्गा अधिग्रहण गर्दा पुरानोलाई छाडेर नयाँ लिँदा नयाँ डिजाइन बन्न गएको हो ।’ एकपछि अर्को विवादमा तानिएका गौतमले पोखरा र भैरहवामा पनि ठूलो आर्थिक घोटाला गरेको अख्तियारमा उजुरी परेको हो ।